पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मेला लगाउनेबीच होडबाजी चल्ने र बारम्बार मेलाका नाउँमा विवाद आउने क्रम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले कार्यविधि तयार गरेको छ ।
नगरपालिकाले तयार गरेको कार्यविधि अनुरुप अब वीरेन्द्रनगरमा ३ वर्षमा आयोजकले १ पटक मात्रै महोत्सव वा मेला लगाउन पाउने भएको हो ।
‘मेला–महोत्सव व्यवस्थापन कार्यविधि–२०७५’ अनुसार अब कुनै पनि संस्थाले ३ वर्षमा १ पटक मात्रै मेला तथा महोत्सव सञ्चालन गर्न पाउने भएका छन् । महोत्सव सञ्चालन गर्न महिनैपिच्छे हानथाप हुन थालेपछि समग्र सरोकारवाला निकायसँग छलफल गरी नगरपालिकाले कार्यविधि ल्याएको बताइएको छ ।
वीरेन्द्रनगरमा आयोजना हुने सबै महोत्सवमा व्यापारीले विरोध गर्ने परम्परा नै बसिसकेको थियो । सोही परम्परालाई तोड्न नगरपालिकाले कार्यविधि बनाइएको नगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
‘कार्यविधिमा मेला तथा महोत्सवको मूल आयोजक समिति ३ वर्षसम्म नदोहोरिने गरी स्वीकृति दिने व्यवस्था समेत गरिएको छ,’ उनले भनिन्, ‘महोत्सव सञ्चालन गर्नुभन्दा पहिले ३५ दिनअघि प्रस्ताव पेश गर्नुपर्ने प्रावधान तय गरिएको छ । आयोजकले नगरपालिकालाई धरौटीबापत अग्रिम ५ प्रतिशत रकम दिनुपर्ने व्यवस्था गरेको छ ।’
महोत्सव सञ्चालनको उद्देश्य कोष वृद्धि वा आयआर्जनसमेत उल्लेख गरी अपेक्षित रकमको कम्तिमा ५ प्रतिशत रकम नगरपालिकालाई अनुमति पूर्वधरौटी राख्नुपर्ने व्यवस्था गरिएको उनले बताइन् ।
‘धरौटी राखेको रकम महोत्सव सकिएपछि उद्देश्य अनुसार काम थालनि गरे फिर्ता दिइन्छ । अन्यथा महोत्सव सञ्चालन गर्न अनुमति दिदाँका शर्तहरू पालना नभए धरौटी जफत गर्न बाध्य हुने कार्यविधि बनेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘शर्त अनुसार महोत्सव सञ्चालन नभएमा आगामी ५ वर्षसम्म कुनै पनि मेला महोत्सव लगाउन पाइने छैन ।’
मेलामा सहभागी र सम्पत्तिको बिमा अनिवार्य
नगरपालिकाको कार्यविधि अनुसार मेला तथा महोत्सव आयोजकले सहभागीसहित महोत्सव स्थलभित्रको सम्पत्तिको बिमा अनिवार्य गर्नुपर्ने भएको छ ।
नगरपालिकाबाट अनुमति लिनुपूर्व नै आयोजकले सहभागीको दुर्घटना बिमा र मेलास्थल भित्रका सम्पत्तिको बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । मेला भन्दा बाहिर असर गर्न नहुने भन्दै मेलास्थलबाहेक अन्यत्र ध्वनी जाने गरी साउन्ड सिस्टम लगाउन नपाइने भएको छ ।
स्टल बुकिङमा आरक्षण
नगरपालिकाले महोत्सव सञ्चालन सम्बन्धी कार्यविधि बनेसँगै आयोजकले स्टल बुकिङका लागि पहिलो प्राथमिकता स्थानीयलाई दिनुपर्ने भएको छ । स्थानीय उद्योगी व्यवसायीलाई पहिलो प्राथमिकताका साथ स्टल बुकिङ सकेपछि मात्रै अन्यत्रका व्यापारीलाई दिइनुपर्ने छ ।
सूचना एवं सन्देशमूलक प्रदर्शनीका लागि १० प्रतिशत, कर्णाली प्रदेशभित्र उत्पादन हुने वस्तुको लागि २० प्रतिशत, वीरेन्द्रनगरभित्रका व्यवसायीका लागि ३० प्रतिशत, नयाँ प्रविधि प्रदर्शन एवं बिक्रीका लागि २० र सबै उद्योगी व्यवसायीका लागि खुला न्यूनतम २० प्रतिशत छुट दिइनुपर्ने छ ।
यस्तो छ टिकट निर्धारण
मेला तथा महोत्सव अवधिमा सर्वसाधारणबाट मनपरी रकम असुल्नेलाई समेत अंकुश लागेको छ । नगरले कार्यविधि बनाएसँगै मनोरञ्जनका साधनमा टिकट निर्धारण गरिएको छ ।
जसमा ५ मिनेटभन्दा कम समय दिने मनोरञ्जनमा २० रुपैयाँ, १५ मिनेटसम्मको ३० रुपैयाँ, ३० मिनेटसम्मको ५० रुपैयाँ र सोभन्दा माथि १ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । यसअघि रमाइलो मेलाका नाममा मेला दर्शकबाट मनपरी शुल्क लिएको ‘लुट्ने’ गरिएको थियो ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई सहुलियत टिकटको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
मेला अवधि बढीमा ७ दिन
हालसम्म मनपरी मेला लगाउँदै आएका व्यापारीले अब ७ दिन मात्रै मेला तथा महोत्सव आयोजना गर्न पाउने छन् । कार्यविधिमा उल्लेख भए अनुसार धार्मिक र खेलकुद मेला महोत्सव बढीमा ७ दिन निर्धारण गरिएको छ ।
कारणवश मेलामा दर्शकको चाप तथा आयोजकले मेला थप गर्नुको कारणसहित सुरक्षा निकायको सहमतिसहित निवेदन दिएमा नगरपालिकाले ३ दिनसम्म समय अवधि थप गर्न सक्ने छ ।
धार्मिक मेला महोत्सवका हकमा बिहान ५ बजेदेखि साँझ साढे ९ बजेसम्म र अन्य व्यावसायिक स्टल तथा मनोरञ्जनात्मक एवं सांगीतिक कार्यक्रम हुने मेलाको हकमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म समय निर्धारण गरिएको छ ।
महोत्सव व्यवस्थापन अध्यक्षमा नगर प्रमुख
कार्यविधिमा नगरपालिकाको मेयरको अध्यक्षतामा ७ सदस्यीय मेला–महोत्सव व्यवस्थापन समिति रहने व्यवस्था गरिएको छ । सदस्यमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
कानुन विपरीत काम गर्ने आयोजकलाई कारवाही
कानूनविपरीत काम गर्ने महोत्सव आयोजकलाई कारवाही स्वरुप जरिवानाको व्यवस्था समेत तय गरिएको छ । आयोजकले कानूनविपरीत कार्य गरेमा पहिलो पटक १० हजार रुपैयाँ जरिवाना तिुर्नपर्ने छ ।
थप गल्ती दोहोर्याउँदै गएमा दोब्बर जरिवाना असुल उपर गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । अनुगमन टोलीको सुझाव पालना नगरी अटेर गरेमा ५ हजार जरिवाना र ३ पटकभन्दा बढी गल्ती दोहोरिएमा मेला सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...