पाठेघरकी छोरी (कविता)

पुस १९, २०७५

राजन पराजुली

पाठेघरमा पनि छोरी सुरक्षित छैन
छोरोको चाहनामा आमाले मिल्काउन सक्छिन
लगातार छोरी जन्मि सकेका छन भने
आफूलाई पुरूष ठान्ने बाले
छोरोको चाह राख्दै
पाठेघर बाट नै पृथ्वीलोक झर्न नपाउदै
छोरीलाई यमलोक पठाई दिन सक्छन
अथहा दाईजो माग्ने
केहि दुष्ट पापीको कारण
आमाको पाठेघरमा हुर्किदै गरेकी छोरी
आमाको लागि बोझो हुन पुग्छे
ती दुष्ट अपराधीको कारण
संसार देख्न नपाउदै,आँखा खोल्न नपाउदै
पाठेघर भित्र नै आँखा चिम्लिनु पर्छ
नारी माथि हुने अत्याचार
नाबालिका माथि हुने यौन दुर्व्यवहार
समाजका केहि बौलाह पशु पुरूषका गिद्ध नजर
कलिला उमेरका बालिका माथि लाग्दा
पाठेघरमा हुर्किदै गरेकी छोरी
त्यही बाट तुहाईन्छ,मारिन्छ
पुरूषवादी समाजका कारण
नारीलाई हेर्ने तुच्छका कारण
धर्मको त्यो मतभेदका कारण
पाठेघरमा छोरीलाई हतपत कोहि राख्न चाहनन्
जन्माउन खोज्दैनन्
पाठेघरमा हुर्कीएर
पाठेघरमा बढेर
संसार देख्न जन्मिन रहर गर्ने
कयौ छोरी हस्पिटलको बेडमा तुहाईन्छ, फालिन्छ
छोरीको लागि स्वतंत्र भएर हिड्न
ढुक्क सँग रमाएर हिड्न
समाजका केहि किराहरू बाट डर छ
उस्तै डर पाठेघर भित्र छ
उस्तै पीडा पाठेघर भित्र छ
 


ADVERTISEMENT

 

चितवन

पुस १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार