×

NMB BANK
NIC ASIA

बैंकलाई ब्रोकर लाइसेन्स : प्रक्रिया पुर्‍याउनै समय लाग्ने

पुस १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बैंकले धितोपत्र दलाल व्यवसायीको कारोवार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । साधारणसभामा बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेपछि त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई गराई अनुमति लिनुपर्नेछ । प्रक्रियाअनुसार राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा धितोपत्र दलाल व्यवसाय गर्ने उद्देश्यसहितको कम्पनी दर्ता गर्नुपर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती सबै प्रक्रिया पूरा गरेपछि मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउनुपर्नेछ । स्टकले तोकिएको मापदण्डअनुसारको कार्यालय तथा अन्य भौतिक पूर्वाधार भए नभएको स्थलगतरूपमा अनुगमन गरेर ठीक छ भन्ने प्रतिवेदन दिनुपर्नेछ । 


Advertisment
Nabil box
Kumari

स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यक प्रक्रिया पूरा गरेर आएका कम्पनीलाई विद्यमान नियम र कानूनको परिधिमा रहेर स्वीकृति दिन आफूहरू तयार रहेको बताए ।

Vianet communication
Laxmi Bank

कानूनीरूपमा दर्ता भएका, कूल चुक्ता पूँजी पूरा भएका र नेपाल राष्ट्र बैंकले अनुमति दिएका वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायको कारोवार गर्ने अनुमति दिन समस्या नरहेको प्रवक्ता पराजुलीको भनाइ छ । 

स्टकले आवश्यक प्रक्रिया पूरा गरेपछि त्यस्ता कम्पनीले बोर्डबाट थप स्वीकृति लिनुपर्नेछ । बोर्डले अनुमति दिएपछि मात्रै धितोपत्र दलाल व्यवसायीको रूपमा कारोवार गर्न पाउनेछन् । 

त्यस्तो कम्पनी दर्ताका लागि रु २० लाख चुक्ता पूँजी भएको कम्पनी दर्ता भएको हुनुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एशिया र सिटिजन बैंकले मात्रै धितोपत्र दलाल व्यवसायको कारोवार गर्न अनुमति पाउँ भन्दै आवेदन दिएका छन् । 

अन्य बैंकले समेत वार्षिक साधारणसभामा सहायक कम्पनी स्थापनाको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । हाल ‘क’ वर्गका वाणिज्य बैंक २८ रहेका छन् । नयाँ दर्ता हुने कम्पनीमा बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यसरी स्थापना भएका कम्पनीले भने आफ्नो मातृ कम्पनीको शेयर कारोवार गर्न भने पाउने छैन । 

धितोपत्र दलाल व्यवसाय गर्न स्थापना हुने त्यस्ता कम्पनीको नियमन भने राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गर्नेछन् । अर्थमन्त्री डा युवराज खतिवडाले गत मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले समेत ‘क’ वर्गका बैंकलाई धितोपत्र दलाल व्यवसाय गर्न अनुमतिपत्र दिनुपर्ने सुझाव दिएको छ । 

राष्ट्र बैंकले धितोपत्र बजारको अभिवृद्धि र विस्तारका लागि बैंकलाई उक्त अनुमति पत्र दिनुपर्ने व्यवस्था चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै राखेको छ । 

बोर्डले बुधबार दिएको निर्देशनमा प्रक्रिया पूरा गरेका बैंकलाई धितोपत्र दलाल व्यवसायीको अनुमति पत्र दिने प्रक्रिया मिलाउन स्टकलाई निर्देशन दिएको थियो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरीद बिक्री गर्न पाउने गरी अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गर्न निर्देशन दिएको हो । 

बोर्डले त्यस्तो अनुमतिपत्र प्रदान गर्न तथा यसअघि सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिकरूपमा सक्रिय जिल्ला तथा स्थानमा समेत धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन स्टकलाई निर्देशक दिएको छ । 

बोर्डले कारोवार सूचकाङ्क नेप्से परिसूचकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन, बजार प्रभावित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत आग्रह गरेको छ । 

यस्तै लगानीकर्ताको हितका लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न तथा धितोपत्र बजारका लगानीकर्ताका हित संरक्षणका लागि कानूनी प्रबन्धसहितको व्यवस्थाका बारेमा समीक्षा गर्नसमेत भनिएको छ । रमेश लम्साल / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x