×

NMB BANK
NIC ASIA

संसदीय समिति ‘२ बोरा’ कागजात केलाएर अनियमितता खोज्दै, कर्मचारीसँग सोधपुछ

पुस १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – संघीयता कार्यान्वयनका क्रममा प्रदेश स्तरमा विभिन्न संरचना निर्माण गर्दा अनियमितता भएको आशंका भइरहेको छानबिनका क्रममा संसदीय अनुगमन विशेष समितिले बिहीवार २ जना कर्मचारीसँग सोधपुछ गरेको छ ।

Muktinath Bank

शहरी भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख गंगाप्रसाद यादव र संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय जनकपुरका प्रमुख प्रदीपकुमार सिंहसँग सोधपुछ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो १२ देखि २ बजेसम्म समितिले कर्मचारीसँग सोधपुछ गरेको छ । उपसभामुख समेत रहेकी समितिकी संयोजक उपमा देवले भनिन्, ‘प्रदेशसभा, सरकारका मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय तथा निवास निर्माणका क्रममा भएको खर्चको थप विवरण उपलब्ध गराउन उहाँहरूलाई भनेका छौं ।’


Advertisment
Nabil box
Kumari

समितिले आवश्यक खर्च विवरण माग गर्दा विस्तृत विवरण नपठाएकाले खर्च भएका क्षेत्रको सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको समितिका सदस्य नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले बताए ।

Vianet communication
Laxmi Bank

संघीय सरकारले पठाएको साढे ७ करोड रुपैयाँलाई टुक्राटुक्रामा बाँडेर कोटेसन दिएर काम गराइएको पाइएको चौधरीले बताए । ‘१ सय ३१ वटा फर्मलाई कोटेसनमा काम दिइएको छ,’ उनले भने । तर विस्तृत खर्च विवरण नआएकाले अनुगमन गर्न र खर्चको पुष्टि गर्नका लागि थप विवरण आवश्यक परेकाले विवरण उपलब्ध गराउन समितिले निर्देशन दिएको चौधरीले बताए ।

संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख सिंहले सांसदले मागे अनुसार खर्च विवरण दिँदा २ बोरा हुने र अध्ययन गर्न झन्झट हुने भएकाले महत्त्वपूर्ण विवरण दिइने बताए । ‘सबै विवरण दिँदा २ बोरा हुने र अध्ययन गर्न समेत झन्झट हुने हुनाले महत्त्वपूर्ण विवरण उपलब्ध गराउँछौं,’ उनले भने । सिंह गत जेठमा सरुवा भएर आउँदा असारमा कतिपय फर्मलाई उनले भुक्तानी दिएका थिए ।

डिभिजन प्रमुख गंगाप्रसाद यादव हुँदा सम्झौता गरेर काम गराउनुका साथै अधिकांश फर्मलाई भुक्तानी समेत गराएका थिए । जेठमा उनको सरुवा भएको थियो । यादव अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा काम गरिरहेका छन् ।

समितिको छानबिन

गत वर्ष संघीय सरकारले प्रदेशमा विभिन्न भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरेको साढे ७ करोड रुपैयाँ खर्च गर्दा व्यापक अनियमितता र भ्रष्टाचार भएको आरोप लागेको छ । सदनमै प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले आवाज उठाएपछि छानबिन गर्न सभामुख सरोजकुमार यादवले संसदीय समिति गठन गरेका थिए ।

असोज २७ गते उपसभामुख उपमा देवको संयोजकत्वमा नेकपाका सांसद द्वय शत्रुघन महतो, रामकुमार यादव, संघीय समाजवादी फोरम नेपालका बच्चा राउत अहिर, राजपा नेपालका रमेशप्रसाद कुर्मी, नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी र नेपाल संघीय समाजवादीका सांसद सावित्रीदेवी साह सदस्य रहेको संसदीय अनुगमन विशेष समिति गठन गरिएको थियो ।

प्रदेशका संरचना निर्माण, प्रदेशसभा सदस्यले प्रतिसांसद संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ खर्च र प्रदेश सभाले तोकेको अन्य विषय समेतको छानबिन र अनुगमन गर्न समिति गठन गरिएको थियो । 

समितिले प्रदेश सभाका संरचना निर्माण गर्दा भएको खर्चको छानबिन गरिरहेको छ । हालसम्म समितिले ६ पटक बैठक बसेर खर्चको छानबिन गरिरहेको समितिका सदस्यसचिव समेत रहेका प्रदेशसभा सचिवालयका उपसचिव रञ्जित यादवले बताए ।

संघ सरकारले ७ वटै प्रदेशमा साढे ७ करोड रुपैयाँ पठाएको थियो । तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरधाममार्फत् २ नम्बर प्रदेशमा पूर्वाधार निर्माणको काम भएको थियो । कार्यालयको नाम हाल परिवर्तन भएर संघीय आयोजना कार्यान्वयन इकाई जनकपुर भएको छ ।

कार्यालयले दिएको जवाफ अनुसार हालसम्म साढे ७ करोड रुपैयाँ संघीय सरकारबाट विनियोजन भएकोमा निर्माण काममा ६ करोड रुपैयाँ, फर्निचरमा १ करोड रुपैयाँ, मेसिनरीमा ५० लाख रुपैयाँ खर्च हुनुपर्नेमा ६० लाख रुपैयाँ जगेडा भएको छ । समितिको गत पुस १५ गते बसेको बैठकले शहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख गंगाप्रसाद यादव र हालका कार्यालय प्रमुखलाई बोलाउने निर्णय गरिएको थियो ।

तत्कालै अत्यावश्यक भनेर काम गर्नुपरेकाले टेन्डर नगरेर सोझै सम्झौतामा रकम खर्च गरिएको भनेर शहरी कार्यालयले जवाफ दिएको छ । समितिका संयोजक देवले लोकान्तरसँग भनिन्, ‘अहिले नै कति अनियमितता भयो ? कहाँ–कहाँ अनियमितता भयो ? भनेर मिडियामा भन्न सक्ने अवस्था छैन ।’ 

पहिलो चरणमा संरचना निर्माणको छानबिन गरिसकेपछि मात्रै दोस्रो चरणमा प्रदेशसभा सदस्यले गरेको खर्च र तेस्रो चरणमा सरकारका मन्त्रीद्वारा भएको खर्चको छानबिन गरिने कार्यसूची तय भएको छ ।

‘संसदीय समितिले ती कुराको छानबिन त गरिरहेको छ । तर प्रदेश सभामै सभामुखको सोझै आदेशमा लाखौं खर्च गरी अनियमितता भएको छ, त्यसको छानबिन समितिले किन गरिरहेको छैन ?’ प्रदेश सभाका एक कर्मचारीले लोकान्तरसँग भने, ‘प्रदेश सभामै सचिवालयद्वारा खर्च गर्दा व्यापक अनियमितता भएकाले आफ्नो ढाकछोप गर्न पनि शहरी बिकास कार्यालयलाई सफाइ दिनेमा कुनै शंका नै देखिन्न ।’

प्रदेश सभाको काम गर्नेलाई भुक्तानी बाँकी 

प्रदेश सभाका लागि निर्माण व्यवसायी मोहनकुमार झाले विभिन्न फर्ममार्फत् गराएको कामको भुक्तानी हालसम्म पाउन सकेका छैनन् । उत्सव ट्रेडर्स जनकपुरधाम, रामजानकी मार्केटिङ जनकपुरधाम, स्मार्ट मिडिया जनकपुरधाम, शुभम् अनलाइन कम्प्यूटर्स जनकपुरधाम, करनी माता सप्लायर्स बर्दिवासमार्फत् बिजुलीको काम गराएको भुक्तानी हालसम्म पाउन नसकेको झाले बताए ।

साउन्ड सिस्टममा १७ लाख रुपैयाँ र बिजुली बत्तीमा १८ लाख रुपैयाँ गरी ३५ लाखको काम २०७४ सालको माघमै सम्पन्न गरेको भएपनि हालसम्म भुक्तानी पाउन सकेका छैनन् । ‘शुरूमा शहरी कार्यालयका कार्यालय प्रमुख गंगाप्रसाद यादवले कोटेसनमा काम गर्न भने । तर पछि बिल पठाउँदा भुक्तानी गरेनन्,’ झाले भने ।

बिल पठाउँदा शहरी कार्यालयले प्रदेश सभाबाटै भुक्तानी लिनुपर्ने बताएपछि अनियमितता भएको भन्दै छानबिनका लागि संसदीय समिति गठन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x