×

NMB BANK
NIC ASIA

एनआईसी एसिया बैंक लिमिटेडकोे थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

पुस २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शहरी तथा ग्रामीण जिल्लामा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी एशिया बैंक लिमिटेडले थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यूके एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका–७ धाप र महाकाली नगरपालिका–९ दत्तुमा आपm्नो २१ औं र २२ औं शाखारहित बैंकिङ सेवा पुस १७ र १८ गतेबाट सञ्चालनमा ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले महाकाली नगरपालिका–७ धापमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा शेरसिंह रैखोलालाई नियुक्त गरेको छ ।


Advertisment
Nabil box
Kumari

बैंकले महाकाली नगरपालिका–९ दत्तुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन महाकाली नगरपालिका–९ का वडाध्यक्ष हरसिंह डाँगाले गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा कृष्णसिंह चौैसिरलाई नियुक्त गरिएको छ ।

Vianet communication
Laxmi Bank

शाखारहित बैंकिङ सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा समेत वित्तीय सवलीकरण भई बैंकिङ कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डीश होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेजस्ता कार्य गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४६ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा, एटीएम विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

सक्षम यूके एडद्वारा सञ्चालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डीएफआइडी नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँगको साझेदारीमा नेपालमा  वित्तीय पंहुच तथा सवलकिरणको लागि कार्य गर्दै आइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x