×

NMB BANK
NIC ASIA

हिउँदमा चिसियो हेलो मुख्यमन्त्री : ‘सरकारजस्तै’ सुस्ताउँदै जनताका उजुरी !

पुस २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – मंसिर २ गते कर्णाली प्रदेशको ‘हेलो मुख्यमन्त्री’ कार्यालयमा १ फोन आयो । 

Sagarmatha Cement
Muktinath Bank

त्यो दिन कर्णाली प्रदेश अस्पतालमा डाक्टर थिएनन् । डाक्टर अस्पतालमा नहुँदा आफन्तको उपचार गर्न समस्या भयो, कहाँ गएर उपचार गर्ने होला भनेर एक जनाले फोन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती व्यक्तिले १०९६ मा फोन गरेका थिए । उनको समस्या समाधान भयो ।


Advertisment
Nabil box
Kumari

यो दृष्टान्त उदाहरण मात्रै हो । साउनयता करीब १ सय वटा उजुरी हेलो मुख्यमन्त्रीमा आएको पाइएको छ । जसरी साउन महिनामा उजुरी आएका थिए, त्यसरी उजुरी बढ्नुको साटो अहिले शून्यतामा झरेको छ ।

Vianet communication
Laxmi Bank

शुरूशुरूमा आउने उजुरी अनियमितता भएको, डाक्टर नभएको, सरकारी सेवा प्रवाहमा चुस्तता नभएको भन्ने खाले आउने गरेका थिए ।

हेलो मुख्यमन्त्री कार्यालयका अधिकृत वासुदेव तिवारीका अनुसार गत साउनमा ५५ वटा उजुरी परेका थिए । भदौमा करीब आधा उजुरी घटेर ३१ वटा उजुरी परेका छन् ।

असोजमा १२ वटा मात्र उजुरी परेकोमा कात्तिकमा ७ वटा उजुरी परेको थियो । मंसिरमा १ वटा मात्रै उजुरी परेकोमा पुसमा हालसम्म एउटा उजुरी पनि परेको छैन ।

उजुरी नपर्नुको कारण के हो त ? अधिवक्ता दूर्गा सापकोटा प्रदेश सरकारको गति हेरेर उजुरी दिनेको संख्या घटेको हुनसक्ने बताउँछन् । ‘प्रदेश सरकारले पाउने जति अधिकार नपाएको र कार्यान्वयन गर्ने निकायको समेत व्यवस्थापन गर्न नसकेका कारण उजुरी दिनेको संख्या शून्यतामा झरेको होला,’ उनले भने, ‘तर अब सरकारले बिस्तारै गति लिएको खण्डमा उजुरीको संख्यामा बृद्धि हुन सक्छ ।’

शुरूशुरूमा बडो तामझामका साथ हेलो मुख्यमन्त्री कार्यक्रम लागू गरेका कारण पनि बढी उजुरी  परेको हुनसक्ने उनको अनुमान छ । ‘सरकारले हेलो मुख्यमन्त्री कार्यक्रमलाई बडो तामझामका साथ प्रचारप्रसार गरेको थियो,’ उनले भने, ‘अहिले त्यो सेलाएका कारण पनि उजुरी नपरेका हुन सक्छन् ।’ हिउँद लागेसँगै हेलो मुख्यमन्त्री कार्यालय चिसिएको छ र गुनासा कम भएका छन् ।

सरकारले हेलो मुख्यमन्त्री कार्यक्रमलाई राख्ने हो भने प्रचारप्रसार गर्ने र आएका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । ‘नभए जसरी सरकार सुस्ताउँदै जान्छ, त्यसरी नै उजुरी पनि सुस्ताउँदै जान्छन्,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x