कर्मचारी समायोजनप्रति सरकारी डाक्टर असन्तुष्ट, अस्पताल छाडेर मन्त्रालयमा धर्ना !

पुस २२, २०७५

काठमाडौं – कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।

सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा सरकारी चिकित्सकहरूले आइतवार बिहान १० बजे मन्त्रालय घेराउ गरेका हुन् ।


ADVERTISEMENT

सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यतर्फको कर्मचारीको दरवन्दी तहगत हुनुपर्ने, समायोजन गर्दा स्वास्थ्यका कर्मचारीको एकतह बढुवा हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आज मन्त्रालय घेराउ गरेका हुन् ।  

गोदानले आफ्ना मागहरू सम्बोधन गरिदिन आग्रह गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपज्ञ समेत बुझाएका थिए । 

आफूहरूले ध्यानाकर्षण गराउँदा समेत सरकार सरकारले मागप्रति बेवास्ता गरेकाले मन्त्रालय घेराउ गर्न बाध्य भएको गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए ।

संघले कर्मचारी समायोजन तथा स्वास्थ्यमा सांगठनिक संरचनाहरू सम्बन्धी माग पुरा नभए सरकारी चिकित्सकहरूले समायोजन फारम नभर्ने र समायोजन प्रक्रिय नै बहिष्कार गर्ने घोषणा समेत गरेका छन् । 

पुस २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस