×

NMB BANK
NIC ASIA

काठमाडौं - आइतवार संघीय संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक दिन एक कदम अगाडि बढेको बताएका छन् । सरकार गतिहीन र मतिहीन भएको भन्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूको भनाइलाई असभ्य तरिकाको प्रस्तुति भन्दै ओलीले सरकार हरेक दिशामा गतिशील ढंगबाट अघि बढेको बताएका हुन् । 

Muktinath Bank

सरकारले दश महिना पूरा गरिसकेको र कामकै कारणले सरकार सफल या असफल भन्न मिल्ने ओलीको भनाइ छ । ‘विकास र समृद्धिका सूचकहरूको वैज्ञानिक अध्ययन गरेर मात्र सरकारलाई सफल या असफल भन्न पाइन्छ । कुण्ठाका आधारमा असफलताको ट्याग भिराउनु सही बाटो होइन,’ प्रधानमन्त्री ओली भन्छन्, 'समृद्ध नेपाल र सुखी नेपालीको सपना देखेर हामीले कुनै गल्ती गरेका छैनौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नबोले किन बोलिनस्, बोले किन बोलिस् ?


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफूले जे गर्दा पनि प्रश्न उठाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘अहिले म केही अनौठो व्यवहारको अनुभूति गर्दैछु । प्रश्न उठ्यो– ‘सरकार के गर्दैछ, पत्तो भएन !’ के गर्दै छ भन्ने जवाफ दिन्छु अनि फेरि प्रतिप्रश्न आउँछ– ‘प्रधानमन्त्री किन बोलेको ! बोल्न नहुने रहेछ भनेर चुप रहन्छु, फेरि प्रश्न उठ्छ– खोई जवाफ दिएको ?’ प्रधानमन्त्री ओलीले भने, ‘केही गर्न खोजिन्छ, सोधिन्छ– यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खोइ काम गरेको ?’

Vianet communication
Laxmi Bank

जनताले बहुमत दिएको काम गर्नका लागि भएको भन्दै ओलीले आफू तर्कहरूमा नअल्झिने बताएका छन् । संसद्‌को हिउँदे अधिवेशनमा पहिलोपटक सम्बोधन गरेका प्रधानमन्त्री ओलीले प्रतिपक्षविरुद्ध विकास र समृद्धिको ‘रामवाण’ नै हानेका थिए । रंगीविरंगी प्रश्नहरूको जवाफ दिन उचित नठानेका प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षको यही समयमा भएको कामको तुलना यो आर्थिक वर्षसँग गरेर सरकारको हरेक कामकारवाही सकारात्मक रहेको तथ्यबाट नै पुष्टि गर्न खोजेका छन् ।

सूचकांकका आधारमा सरकारको बचाउ 

सरकारको बचाउ गर्नका लागि प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका फेहरिस्त नै प्रस्तुत गरे । अघिल्लो आर्थिक वर्षको पुससम्म के-के भएका थिए र अहिलेको आर्थिक वर्षको पुससम्म के-के भएका छन् तिनलाई तुलना गरेर विपक्षीको हुर्मत काढेका थिए ओलीले । 

ओलीले दिएको तथ्यांक अनुसार चालू आवको पुससम्म ३२ प्रतिशतले राजस्व संकलन बढेको छ । २५ दशमलव ३३ प्रतिशत पूँजीगत खर्च भएको छ । गत आवको यही अवधिमा कायम रहेको ४ दशमलव २ प्रतिशत मूल्यवृद्धि ३ दशमलव ७ प्रतिशतमा झरेको छ । 

सरकार बनेपछि उद्योगतर्फ मानिसहरूको आकर्षण २५ प्रतिशतले बढेको ओलीले सम्बोधनका क्रममा बताएका थिए । संसदको रोस्ट्रमबाट यो वर्ष समग्रमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिरहँदा सत्तापक्षका सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए । 

सामाजिक सुरक्षा कार्यक्रममा फोकस

२४ वर्ष अगाडि स्वर्गीय मनमोहन अधिकारीको अल्पमतको सरकारले वृद्धभत्ता बाँडेको स्मरण गर्दै ओलीले सम्बोधनका क्रममा भने, ‘हामीले नै शुरू गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई हामीले नै गुणात्मक फड्को मार्दै नयाँ युगमा प्रवेश गराएका छौं ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापतिले सामाजिक सुरक्षा कार्यक्रम आफ्नो सरकारले ल्याएको भन्दै भ्रम छर्न खोजेको भन्दै ओलीले आक्रोश पोखे, ‘पेटेन्ट राइट’मा मैले बहस गर्न खोजेको छैन । जस जो कोहीले लिन खोजे पनि हुन्छ यसमा मुख लुकाउने कुरा कहाँबाट आयो ?’

सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको भन्दै सामाजिक सुरक्षा कार्यक्रम सबै सांसदहरूको साझा भएको प्रधानमन्त्री ओलीको जिकिर थियो ।

नयाँ युगको थालनी भन्दै ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’को विज्ञापन गरेको सरकारले कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ त्यो त भविष्यमा नै थाहा होला । सरकारले सामजिक सुरक्षा कार्यक्रम लागू गरेको १ महिनाभन्दा बढी बितिसकेको छ । 

निर्मला हत्याकाण्ड ‘अपवाद’

अपराध नियन्त्रणमा सरकारले ९६ प्रतिशत सफलता हासिल गरेको ओलीले सम्बोधनका क्रममा बताएका छन् । ओलीका अनुसार विगत लामो समयदेखि चलिरहेको सुन तस्करको सञ्जाल ध्वस्त पारिएको छ, अभियुक्तहरू पक्राउ परेका छन् । पक्राउ परेकाहरूको चलअचल सम्पत्ति रोक्का गरिएको छ । सरकार बनेपछि ४२ केजीभन्दा अवैध सुन जफत गरिएको छ । सयौं गैरकानूनी हतियार जफत गरिएको छ । सयौं केजी लागू औषध बरामद गरिएको छ । ओलीका अनुसार समग्र देशमा शान्ति सुरक्षा कायम गरिएको छ ।

तर प्रधानमन्त्री ओलीले कञ्चनपुरकी निर्मला पन्तको रहस्यमयी बलात्कार र हत्यालाई अपवादको संज्ञा दिएका छन् । ‘शान्ति सुरक्षाको मामिलामा केही घटना अपवादका रूपमा रहेका छन् । सरकार त्यसलाई टुंगोमा पुर्‍याउन लागिपरेको छ,’ ओली आक्रोश व्यक्त गर्छन्, ‘अपवादलाई आमको रूपमा प्रस्तुत गर्ने र सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थितिको सिर्जना गर्ने अनुचित प्रयास गर्दा मलाई दु:ख लागेको छ ।’ 

वाइडबडीको नाम सम्बोधनबाट गायब !

प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनका क्रममा बहुचर्चित घोटाला काण्डको रूपमा उडाएको ‘वाइडबडी’ खरिद काण्डका बारेमा एक शब्द बोलेनन् । सांसद राजन केसीको संयोजकत्वमा संसदको लेखा समितिअन्तर्गतको उपसमितिले दिएको प्रतिवेदनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सहित संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, दुई पूर्वमन्त्री र बहालवाला २ सहित ३ सचिवलाई कारवाही गर्नुपर्ने भन्दै प्रतिवेदन पेश गरेको थियो । उपसमितिले आग्रह पूर्वाग्रहका आधारमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै सरकार उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने तयारीमा छ । 

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा प्रतिपक्षी दलका सांसदहरूले मात्र होइन, दर्शक जनताहरूले पनि वाइडबडीको बारेमा केही धारणा आउँछ कि भनेर प्रतीक्षा गरिरहेका थिए । तर ओली एक शब्द बोलेनन् । सरकारले गलत गर्न नसक्ने तर कहीँ कतै गल्ति भएको भए ‘छानबिन’ गर्नका लागि सरकार तयार रहेको ओलीको भनाइ थियो । 

राष्ट्रपतिको बचाउ

राष्ट्रपति कार्यालयलाई अनावश्यक विवादमा ल्याएको भन्दै ओलीले सम्बोधनका क्रममा आक्रोश व्यक्त गरे । सत्तामा रहँदा ‘राष्ट्रपतिले गल्ती गर्दैन, राष्ट्रपतिले गरेको काम मैले गरेको हो ।’ भन्ने कांग्रेसले अहिले अनावश्यक विवाद सिर्जना गर्ने काम गरेको भन्दै ओलीले विपक्षीतर्फ संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

संसद्‌मा सम्बोधनका क्रममा मात्र नभएर यसभन्दा अगाडि पनि धेरैपटक ओलीले राष्ट्रपति कार्यालयको बचाउ गर्ने गरेका छन् । राष्ट्रपति कार्यालय जस्तो आलंकारिक संस्थाको बदनाम गर्नु भनेको समग्र गणतन्त्रको बदनाम गर्नु हो भन्ने प्रधानमन्त्री ओलीको आशय छ ।

‘संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन, केही गर्दैन र कुनै प्रतिवाद गर्दैन । जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो ?’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला होइन, गणतन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझिरहेका छैनौं ?’

विद्यावारिधिको चर्चा

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले कोष्टारिकाबाट मानार्थ विद्यावारिधि प्राप्त गरेको कुरालाई लुकाएनन् । मानार्थ विद्यावारिधिलाई एउटा सम्मानका रूपमा मात्र लिइने गरिन्छ । आफूले भारत र चीनको मात्र औपचारिक भ्रमण गरेको नभई अन्य देशहरूमा पनि औपचारिक भ्रमण गरेको ओलीको भनाइ थियो । 

‘यसबीच मैले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गरेको छु, न्युयोर्कमा साइडलाइन मिटिङको रुपमा स्विट्जरल्याण्ड राष्ट्रपति, क्यानडा, बेलायत र कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता भएको छ,’ अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा ओलीले भने, ‘कोष्टारिकाको औपचारिक भ्रमण गरेको छु र संयुक्त राष्ट्रसंघको युनिभर्सिटी फर पीसले मलाई मानार्थ विद्यावारिधीबाट सम्मान गरेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x