×

NMB BANK
NIC ASIA

आन्दोलनसँगै समायोजनका लागि आवेदन पनि दिँदै कर्मचारी, १२ हजारले रोजे समायोजन हुन चाहेको तह

पुस २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन शुरु भएको २ हप्ता पुग्न लागेको छ । सरकारले पुस ११ गतेदेखि कर्मचारी समायोजनको प्रक्रिया शुरु गरेको थियो । 

Muktinath Bank

मंसिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीत भएर लागू भएको कर्मचारी समायोजनसम्बन्धी अध्यादेशप्रति कर्मचारीले असन्तुष्टि जनाएर आन्दोलन नै गरिरहँदा समेत समायोजनको प्रक्रिया भने अगाडि बढेको सरकारको दावी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समायोजनको लागि आवेदन आह्वान गरेको ११ दिनमा ११ हजारभन्दा बढी कर्मचारीले समायोजनका लागि आवेदन दिइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा गरेको सम्बोधनका क्रममा ११ हजार ९ सय ६९ जना कर्मचारीले आफूले समायोजन हुन चाहेको तह छनौट गरी आवेदन दिइसकेका बताए । प्रधानमन्त्री ओलीका अनुसार समायोजन प्रक्रियाकै लागि ३४ हजार ३ सय ५७ जना कर्मचारीले आफ्नो वैयक्तिक विवरण अद्यावधिक गराएका छन् । 


Advertisment
Nabil box
Kumari

सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३८ हजार १ सय ७८ जना कर्मचारी समायोजन गर्न लागेको हो । जसअन्तर्गत संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ । 

Vianet communication
Laxmi Bank

अध्यादेश खारेजीको माग गर्दै अदालतमा रिट

प्रधानमन्त्रीले नै समायोजन प्रक्रिया अगाडि बढिरहेको बताएपनि केही कर्मचारीहरुलले भने समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

लेखा समूहका अधिकृतहरुले पुस १७ गते नै समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले शुक्रवार रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै रिट निवेद र विपक्षी दुवै पक्षलाई मंगलवार उपस्थित हुन आदेश जारी गरेको छ । 

यस्तै प्रशासन समूहका अधिकृतहरुले पनि आइतवार कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x