माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडौं–पछिल्लो रेकर्डअनुसार युट्यूवमा गायिका विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी... बोलको गीतले २ करोड नजिक भ्यूअर पाइसकेको छ । यो गीत मात्रै होइन उनले यस्तै धेरै हिट गीतमा आवाज दिएकी छिन् । उनै माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगिन्, त्यो पनि मुखमा मास्क लगाएर ।
लोकसंगीत क्षेत्रकी चर्चित गायिका भएपनि माझी गुमनाम भएको र परिवारसँग समेत लामो समययता भेटघाट नभएको समाचार सार्वजनिक भएपछि प्रहरीले माझीको खोजखबर गरेको थियो । खोजखबरको क्रममा प्रहरीले उनका श्रीमान सुन्दरमणि अधिकारीलाई फोन गरेर बोलाएपछि माझी अधिकारीसँगै प्रहरी कार्यालयमा पुगेकी हुन् ।
स्थानीय सञ्चारकर्मीहरुका अनुसार आइतबार दिउँसो विष्णु श्रीमानसँगै ट्याक्सीमा प्रहरी कार्यालय पुगेकी थिइन् भने कालो ओभरकोट र पछ्यौराले शरीर टाउको ढाकेकी उनले मुखमा पनि कालै मास्क लगाएकी थिइन् ।
सोही हुलियामा एसपी राजकुमार लम्साल, प्रमुख जिल्लाअधिकारी कोषराज निरौला, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले माझी दम्पतीसँग छलफल गरेका थिए ।
छलफलमा विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सहभागि थिए ।
छलफलका क्रममा विष्णुथोरै मात्र बोलेको र अधिकांश प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको बताइएको छ ।
विष्णुले आफूले धेरै पढेलेखेको नहुनाले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। छलफलका क्रममा बाबुआमा भने कम बाेले बरु माैन बनेर सुनिरहे।
विष्णुलाई सुन्दरमणिले विष्णुलाई बन्धक समेत बनाएको आशयमा समाचार आउन थालेपछि स्याङ्जा प्रहरीले विष्णुबारे चासो राख्दै झिकाएको थियो ।
तर छलफलका क्रममा उनीहरुले आफ्नै ढंगले खुसीसाथ जिइरहेकाले यसमा अरुले चासो राख्न नहुने बताएकाले व्यक्तिगत जीवन धेरै नखोतलेको बताइएको छ।
यद्यपि विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि एसपी लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएका थिए। तर अनुहारमा कुनै चोट, खत नभेटिएकोपनि एसपी लम्सालले बताएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...