चिसोका कारण बिरामीको संख्या बढ्दै

पुस २३, २०७५

रुकुम– रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा  अहिले चिसो याममै बिरामीको चाप बढेको छ । 

सिस्ने गाउँपालिका ५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर बुढा मगरलाई रुघाखोकी र ज्वरोले सताएकाले रुकुमकोटस्थित स्वास्थ्यचौकीमा पुग्नुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अर्का थानबहादुर पुन पनि त्यस्तै समस्या भएर स्वास्थ्यचौकी पुग्नुभयो । 


ADVERTISEMENT

गतवर्ष जाडो शुरु भएको कात्तिकदेखि माघसम्म दिनमा  एक÷दुई जना मात्र बिरामी आउने गरेकोमा अहिले दिनमा पाँच जनासम्म बिरामी आउने गरेको रुकुमकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्रकुमार यादवले बताउनुभयो । तीव्र गतिमा भएको जलवायु परिवर्तनका कारणले अत्यधिक चिसो भएको  बताइएको छ । 
 

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस