गोल्डेन ग्लोब्स पुरस्कार घोषणा, बोहेमियन र्‍याप्सोडी बन्यो सर्वोत्कृष्ट फिल्म

पुस २३, २०७५

काठमाडौं — हलिउडको प्रसिद्ध गोल्डेन ग्लोब्स पुरस्कार सोमवार बिहान घोषणा गरिएको छ । 

बोहेमियन  र्‍याप्सोडीलाई सर्वोत्कृष्ट फिल्म घोषित गरिएको छ भने त्यही फिल्मका नायक रामी मलेकले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । 

ग्लेन क्लोसले द वाइफ फिल्मका लागि सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन् । 

अनि बेस्ट पिक्चर कमेडी चाहिँ ग्रीन बूक फिल्मले प्राप्त गरेको छ । ओलिभिया कोलम्यानले द फेवरेट फिल्मका लागि सर्वोत्कृष्ट अभिनेत्री कमेडीतर्फ पुरस्कार पाएकी छन् । 

रोमा फिल्मका लागि अल्फोन्सो कुआरोनले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाए ।

रोमाले नै सर्वोत्कृष्ट विदेशी फिल्मको पुरस्कार पायो । 


ADVERTISEMENT

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस