एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

पुस २३, २०७५

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्द चोक वडा नम्बर १ झापास्थित फाल्गुनन्द चोक शाखाको उद्घाटन गरिएको छ ।

एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट भव्य समारोहबीच शाखा उद्घाटन गरिएको छ ।


ADVERTISEMENT

उद्घाटन समारोहमा सञ्चालक अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिबृद्वि गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको जानकारी जनाए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८९ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय १३ अर्बभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६९ अर्ब रुपैयाँ तथा कर्जा १ सय ४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस