कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
पुस २३, २०७५
काठमाडौं– दाँत किराले खाएर अत्याधिक दुखाइ बढेपछि काठमाडौंका १० वर्षीय एक बालकलाई उनका बुवाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको दाँत(डेन्टल) विभागमा लगे ।
डेन्टल विभागमा कार्यरत चिकित्सकहरुले ती बालकको दाँत जाँचेपछि किराले खाइसकेकाले जरैदखि सिमेन्ट भर्नुपर्ने बताए । किराले खाएका दाँतमा सिमेन्ट भर्न कान्तीका डाक्टरले उनीहरुलाई पुस १८ गतेको समय दिए ।
बालकका बाबुले छोरालाई पुस १८ गते अस्पतालमा लगेर दाँतमा सिमेन्ट भराए ।
बालकको दाँतमा जरैदेखी सिमेन्ट भरेपछि, सिमेन्ट भरेको दाँतलाई सुरक्षित राख्न क्याप लगाउनुपर्ने उपचारमा संलग्न चिकित्सकले बताए । तर कान्ति अस्पतालमा क्याप लगाउने सेवा नभएको भन्दै डेन्टल विभागकै एक चिकित्सकले प्राइभेट क्लिनिकको भिजिटिङ कार्ड बालकको बुवाको हातमा थमाइदिए ।
‘छोराको दाँत किराले खाएर उपचार गर्न लगेको थिए । सिमेन्ट भरेपछि डाक्टरले नै क्लिनिकको भिजिटिङ कार्ड दिएर त्यहाँ जानुस् भन्नुभयो’ आफ्नो नाम नबताउने सर्तमा बालकका बुवाले लोकान्तरसँग भने, ‘त्यहाँ सेवा नै नभएर निजी क्लिनिकको कार्ड दिए कि ! उनीहरुको त्यो क्लिनिकसँग मिलेमतो भएर, त्यहाँ जानुस् भने मैले त बुझ्नै सकिन ।’
उनलाई अस्पतालका चिकित्सकले ‘टिचिङकान्ति डेन्टल क्लिनिक प्रा.लिको भिडिटिङ कार्ड हातमा थमाइदिएका थिए । तर आफूलाई भिजिटिङ कार्ड दिएर क्लिनिकमा पठाउने चिकित्सकको नाम थाहा नभएको उनले सुनाए ।
‘त्यहाँ जाने सबैलाई यो भिजिटिङ कार्ड दिएर पठाएको देखेको छु, तपाई आफैं पनि बच्चाको दाँतमा सिमेन्ट भर्नुपर्ने छ भनेर बुझ्न जानुभयो भने सायद तपाईलाई पनि त्यो कार्ड चिकित्सकले दिन्छन्’ बालकका बुवाले लोकान्तरलाई भने ।
सरकारी अस्पतालमा सेवा लिन पुगेका बिरामीलाई सेवा उपलब्ध नभएको अवस्थामा चिकित्सकहरुले सेवा भएको सरकारी अस्पताल वा सरकारी मेडिकल कलेजमा रिफर गर्नुपर्ने व्यवस्था छ । सरकारी अस्पताल र सरकारी चिकित्सकले नैतिक रुपमा पनि आफैंले तोकेर निजी क्लिनिकमा पठाउन मिल्दैन ।
तर कान्ति बाल अस्पतालको डेन्टल विभागका चिकित्सकले गैरकानूनी रुपमा सरकारी अस्पतालभित्रै बसेर बिरामीलाई निजी क्लिनिकको भिजिटिङ कार्ड बाड्ने गरेको भेटिएको छ ।
यस विषयमा हामीले कान्ति बाल अस्पतालको डेन्टल विभागकी प्रमूख डाक्टर निशा श्रेष्ठसँग पनि सोध्यौं ।
विभाग प्रमुख डा. श्रेष्ठले बिरामीले पनि अस्पतालभित्रै निजी क्लिनिकको भिजिटिङ कार्ड वितरण गरेकोे गुनासो गरेकाले विभाग र अस्पताल प्रशासनमा बैठक राख्ने तयारी गरेको जानकारी दिइन् ।
‘मैले पनि सुनेको थिए, मलाई केही बिरामीहरुले गुनासो पनि गर्नुभएको थियो, हामीले यसअघि पनि अस्पताल प्रशासनसँग मिटिङ गरेका थियौं र अस्पतालभित्र निजी क्लिनीकको कार्ड नबाड्न चेतावनी दिएका थियौ,’ डा. श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘फेरि तपाईले पनि सुनाउनु भयो, म आजै मिटिङ राखेर निजी क्लिनिकको कार्ड कसले बाड्ने गरेको हो छानविन गर्छु ।’
अस्तालमा सेवा नहुँदा बाहिर पठाउन बाध्य
कान्ति बाल अस्पतालको डेन्टल विभागमा २ वटा डेन्टलचियर छन् । दाँतसम्बन्धि समस्या लिएर दैनिक ५० जनाभन्दा धेरै बिरामी आउँने गरेका छन् । तर अस्पतालमा दाँत सम्बन्धि रोगहरुको सबै उपचार सेवा अस्पतालमा नभएको डा.श्रेष्ठले बताइन् । जसको कारण दाँतमा सिमेन्ट भरेका बालबालिकालाई क्याप लगाउन भने अन्य ठाउँमा रिफर गर्नुपरेको उनको गुनासो छ ।
‘दाँतको उपचार इलेक्टेनिक इकुमेन्टबाट हुन्छ बिरामीको चाप धेरै छ, हामीले आकस्मिक अवस्थाका विरामीलाई हेर्दैमा समय जान्छ । पहिलोपटल जाँच गराउन आउनेलाई उपचारको लागि दुईसातापछि बोलाउनुपर्ने हुन्छ,’ डा. श्रेष्ठले भनिन्, ‘सिमेन्ट भरेर क्याप लगाउनुपर्ने बिरामीहरु महिनामा ५० जनासम्म हुन्छन्, अस्पतालमा सेवा नहुँदा अन्य अस्पतालमा नै पठाउनुपर्ने बाध्यता छ ।’
अस्पतालमा दाँतमा सिमेन्ट भर्ने सेवा रहेपनि सिमेन्ट भरेपछि संक्रमण हुन नदिन क्याप लगाउने सेवा भने नभएको श्रेष्ठको भनाइ छ । सिमेन्ट भरेपछि क्याप लगाउन बिरामीलाई नजिक पर्ने डेन्टल अस्पतालमा जान सुझाए पनि नाम नै तोकेर निजी क्लिनीकमा नपठाएको श्रेष्ठले बताइन् । सरकारी अस्पतालमै काम गर्ने चिकित्सकले बिरामीलाई निजी क्लिनीकको भिजिटिङ कार्ड बाड्नु गलत भएको भन्दै उनले गलत गर्नेलाई अस्पताल प्रसासनले कारबाहि गर्ने बताइन् ।
सरकारी अस्पतालबाट निजीमा बिरामी तान्ने गिरोह नै सक्रिय
कान्ति बाल अस्पतालमा आउने बिरामीलाई निजी अस्पताल तथा क्लिनिकमा पठाउनेहरु कान्ति लगायतका सरकारी अस्पतालमा सक्रिय रहेन गरेका छन् ।
अस्पतालमा भोलेन्टियर(स्वयंसेवक)को रुपमा आउने चिकित्सक तथा विकास समिति र सरकारी डाक्टरहरु ले नै बिरामीलाई निजी क्लिनिक र अस्पतालमा लैजाने गरेको स्रोतको दाबी छ ।
‘धेरैजस्तो अप्रेसन गर्नुपर्ने बिरामीले यहाँ धेरै समय कुर्नुपर्छ त्यस्तो बिरामीलाई लक्षित गरेर केही चिकित्सकहरु नै छिटो उपचार हुन्छ भनेर निजी अस्पताल तथा क्लिनिकमा बिरामी पठाउने गर्छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘यो कान्ति अस्प्तालमा मात्रै होइन सबै सरकारी अस्पतालहरुमा समस्या छ ।’
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...