एनआईसी एशिया बैंकको नयाँ शाखा दाङमा

पुस २३, २०७५

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा कार्यालय दाङमा उद्घाटन गरिएको छ ।

यूकेएड सक्षम एक्सेस टू फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङको राजपुर गाउँपालिका–५ जंग्रहवास्थित जंग्रहवा शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीबाट भव्य समारोहबीच उद्घाटन भएको छ ।


ADVERTISEMENT

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २१३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १६९ अर्ब तथा कर्जा १४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

सक्षम यूकेएडको सहयोग प्राप्त एक्सेस टू फाइनान्स अभियान हो । यसलाई नेपालमा डीएफआईडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार