×

NMB BANK
NIC ASIA

बार्सिलोना उकालो लाग्दा उल्टो बाटोमा रियाल, मेस्सी र सुआरेजले देखाए के छ मड्रिडमा कमी !

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – महान् खेलाडीहरूले खेल जिताइदिन्छन् । कहिलेकाहीँ फूटबल त्यति सजिलो हुन्छ । 

Muktinath Bank

लियोनेल मेस्सीको रूपमा बार्सिलोनाले सर्वकालीन महान् खेलाडी पाएको छ । अनि उनका साथी खेलाडी लुइस सुआरेज पनि लर्तरा खेलाडी हैनन् । यी दुईजनाले गेटाफेविरुद्धको खेलमा जादूयी खेल देखाएर बार्सालाई २–१ गोलको विजय दिलाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एट्लेटिको मड्रिड र सेभिया अहिले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् र दुवै हिजो बराबरीमा रोकिएपछि बार्सिलोना निकटतम प्रतिद्वन्द्वीभन्दा प्रस्ट रूपमा पाँच अंकमाथि रही शीर्ष स्थानमा रहेको छ । अनि चिरप्रतिस्पर्धी रियाल मड्रिडभन्दा बार्सा प्रस्ट रूपमा १० अंक माथि छ । 


Advertisment
Nabil box
Kumari

क्रिस्टियानो रोनाल्डो क्लब छोडेर गएका छन्, लुका मोड्रिच र मार्सेलो बूढा हुँदै गएका छन्, ग्यारेथ बेल घाइते छन् अनि अरू कुनै पनि खेलाडी फर्ममा छैनन् । त्यसैले रियालमा मेस्सी र सुआरेजको जस्तो जादू उत्पन्न गर्ने कुनै पनि खेलाडी नै भएनन् । 

Vianet communication
Laxmi Bank

त्यसैले गर्दा त उनीहरू पाँचौं स्थानमा छन् । उनीहरू धूलोमा लडीबुडी गरिरहँदा प्रशिक्षक स्यान्टियागो सोलारी टचलाइनमा टीठलाग्दो गरी हात हल्लाइरहेका थिए अनि रियाल मड्रिड रियाल सोसीडाडसँग २–० को अन्तरले हार्न पुग्यो । 

उता बार्सिलोनाको कुरा गर्दा गेटाफेको मैदानमा घरेलु टोलीले खेलको शुरूआतमा आफ्नो मजबूती देखायो । 

आर्टुरो भिडालले एन्जल रोड्रिगेजमाथि फल गरेकोमा गेटाफेले पेनाल्टी पाउनुपर्थ्यो । अनि उनीहरूले गरेको गजबको गोललाई क्लेमेन्ट लेङ्लेटमाथिको फलका कारण मान्यता दिइएन । खेलको शुरूतिर बार्सिलोनालाई गेटाफेले नियन्त्रण गरेकै हो । 

ला लिगाको दोस्रो सबभन्दा कडा डिफेन्स रहेको गेटाफेले उपाधिविजेता बार्सालाई अप्ठ्यारै पार्ने स्थिति देखाएको थियो । 

तर जोसे बोर्डलासको व्यवस्थापनमा रहेका गेटाफेका खेलाडीहरूले मेस्सीको जस्तो क्षमता भएका खेलाडीलाई प्रत्येक हप्ता सामना गर्नुपर्दैन । 

मेस्सीले तीव्र गतिमा दौडिँदै गेटाफेको डिफेन्स तहसनहस पारे । उनले उडेर आएको बल लिनका लागि दुई डिफेन्डर र गोलकीपरलाई छक्याए, आफ्नो सन्तुलन कायम राखे र शान्त भएर गोलकीपर डेभिड सोरियाको गोडामुनिबाट छुटेको बललाई गोलपोस्टभित्र छिराइदिए । यो गति, कलात्मकता र अवसरको सदुपयोगको अनुपम नमूना थियो र संसारका अन्य कमै खेलाडीले यस्तो गोल गर्न सक्छन् । 

अनि सुआरेजले गरेको गोल पनि भव्य थियो । गेटाफेले बार्सिलोनालाई कमै मात्र प्रस्ट अवसर दिएपछि सुआरेजले केही फरक गर्ने सोचे । सुआरेजले पेनाल्टी एरियाबाट कडा भली हानेर मास्तिरको कुना च्यापेर बल प्रहार गरे र त्यो खतरनाक गोलमा परिणत भयो । 

गेटाफेले पहिलो हाफअघि एक गोल फर्कायो । पोस्टमा ठोकिएको केही क्षणपछि जाइम माताले गोल गरे । गेटाफेको कडा आक्रमणले बार्सिलोनालाई असहज बनायो । 

कुनै अर्को दिन भएको भए गेटाफेले खेल बराबरी गरिदिन सक्थ्यो । माताले बार्साका गोलकीपर मार्क–आन्द्रे टेर स्टेगेनलाई झुक्याइसकेका थिए तर माथिबाट उडाउन पुगे । 

तर बार्सिलोनाका स्टार खेलाडीहरूले क्लबलाई जीत दिलाउन सफल भए अनि उपाधिमा आफ्नो नियन्त्रण झनै कसे । 

उता मड्रिडसँग यही गुणस्तरको अभाव छ । उनीहरूको माथिदेखि तलसम्मै समस्या छ । गोलकीपर थिबाउट कोर्टोआको प्रदर्शन ठीकै रहेपनि अरूले चाहिँ आफ्नो खेलमा सुधार ल्याउनैपर्छ । 

रियाल सोसीडाडविरुद्ध मड्रिडले संघर्ष गर्दा भिनिसियस जुनियरको खेल चाहिँ राम्रो रह्यो । सान्टियागो बेर्नाबेउमा आएका मड्रिड समर्थकका लागि खुशीको कुरा भिनिसियसको खेल मात्र रह्यो । तर अनुमान गर्न नसकिने १८ वर्षीय खेलाडीमा भर पर्नु कुनै गतिलो रणनीति हैन । 

प्रशंसकको कुरा गर्दा बेर्नाबेउमा धेरै दर्शक नै देखिएनन् । थुप्रै सीटहरू खाली थिए । रियालको हालैको प्रदर्शन गतिलो नभएकाले प्रशंसकहरू स्टेडियममा गएर हेर्नै चाहिरहेका छैनन् र यस सीजनमा क्लबमाथि काला बादल छाएका छन् । 

‘हामीहरू उनीहरूलाई फर्काउने प्रयास गर्छाैं,’ सोलारीलाई समर्थकको बारेमा सोध्दा उनले भने । त्यसो त स्टेडियममा आएका समर्थक पनि खुशी देखिएनन् । उनीहरूले आफ्नै खेलाडीविरुद्ध सिट्ठी बजाए र यदाकदा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको राजीनामा माग्दै गीत गाए । 

मड्रिड संकटमा परेको जस्तो देखिन्छ तर आत्तिइहाल्नुपर्ने स्थिति पनि हैन । यस्तो स्थिति आउला भन्ने अनुमान पहिलेदेखि नै गरिएको हो । 

अघिल्लो सीजनमा उनीहरू बार्सिलोनाभन्दा निकै पछाडि थिए र त्यतिखेर त क्लबमा रोनाल्डो थिए । 

हुन त रोनाल्डो त्यतिखेर पनि मेस्सीको बराबरीमा थिएनन् तर उनले मेस्सीकै जति पाँचचोटि बालून दोर जितेकाले उनलाई पनि सम्मानकै दृष्टिले हेरिन्थ्यो । 

मड्रिडमा ब्राहिम डियाज आएका छन् । क्लबले रियाल सोसीडाडसँगको हारपछि उनलाई भित्र्याएको घोषणा गरेको थियो । तर म्यानचेस्टर सिटीका पूर्वखेलाडी डियाजसँग मड्रिडलाई उपाधि दिलाउने बाटोमा लाने सम्भाव्यता छ, शक्ति नै चाहिँ छैन । मड्रिडले यस सीजनको ला लिगा उपाधि जित्ने अपेक्षा गर्नु नै बेकार हो ।

गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x