×

NMB BANK
NIC ASIA

दोस्री छोरी जन्माउने आमालाई २५ हजार भत्ता दिँदै महानगर

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर–१९ की संगीता भगत आफ्नी कान्छी छोरीसहित भेटिइन् ।

Muktinath Bank

दोस्रो सन्तानको रुपमा विराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी छोरीसहित कार्यालयमा पुगेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरीसहित कार्यालयमा पुगेकी थिइन् विराटनगर–५ त्रिमुर्तीचोककी सरस्वती रम्तेल नेपाली । उनी पहिलो सन्तान छोरी लिएर कार्यालयमा पुगेकी थिइन् । पहिलो सन्तान छोरी जन्माउनेलाई महानगरले ३ हजार रुपैयाँ भत्ता दिने गरेको छ ।


Advertisment
Nabil box
Kumari

सरस्वती र संगीता मात्र होइन, विराटनगर महानगरपालिकामा  पहिलो सन्तान र दोस्रो सन्तान छोरी जन्माउने आमाहरू कार्यालयमा पुगेका हुन् । यसरी पुग्नेमा दोस्रो सन्तान छोरी जन्माउने ४ जना थिए भने २२ जना पहिलो सन्तान छोरी जन्माउने आमा थिए ।

Vianet communication
Laxmi Bank

विराटनगर महानगरपालिकाले पहिलो नगर सभाबाट पहिलो सन्तान छोरी जन्माउने आमालाई छोरीको पोषणको लागि भन्दै ३ हजार रुपैयाँ दिँदै आएको हो । पहिलो सन्तान मात्र छोरी जन्माउँदा दोस्रो सन्तान छोरीको भ्रूण हत्या हुन थालेको पाइएपछि छोरी बचाउने अभियान अन्तर्गत दोस्रो सन्तान पनि छोरी जन्माउनेलाई २५ हजार रुपैयाँ दिने निर्णय चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट शुरू भएको  उपमेयर इन्दिरा कार्कीले बताइन् ।

‘३ महिना गर्भमा राखेपछि छोरी हुँदा भ्रूण हत्या गर्ने र छोरा हुँदा राख्ने क्रम बढ्यो । त्यसलाई रोक्न यो कार्यक्रम ल्याइएको हो,’ उपमेयर कार्कीले भनिन्, ‘भ्रूण हत्याले आमाको स्वास्थ्यलाई पनि गम्भीर असर पारेको छ ।’

मेयर भीम पराजुलीले पहिलो वर्ष ३ हजार रुपैयाँ दिएर कार्यक्रम शुरू गरिएकोमा दोस्रो वर्षदेखि दोस्रो सन्तान छोरी जन्माउने आमालाई २५ हजार रुपैयाँ छोरी बालिग नहुँदासम्म कसैले झिक्न नमिल्ने गरी बैंकमा जम्मा गरिएको बताए । कम्तिमा ४ पटक स्वास्थ्य परीक्षण गरिएको, २० वर्ष उमेर कटेका आमाबाट जन्मिएका नवजात शिशुलाई भविष्यमा शिक्षामा सहयोग पुगोस् भनेर कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको मेयर पराजुलीले बताए । 

कार्यक्रमले आमाको संरक्षक रहने गरी खाता सञ्चालन हुने र २५ हजार रुपैयाँ खातामा महानगरपालिकाले जम्मा गरिदिने गरी ग्लोबल आईएमई बैंकसँग सहकार्य भएको छ ।

महानगरपालिकाले शुरू गरेको अभियानमा अझै धेरै आमा रकम पाउनबाट छुटेको स्वयं महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले लक्षित समुदायमा कार्यक्रमबारे जनचेतनाको खाँचो रहेको बताए । उनले अभियानबारे अझै धेरै छुटेको हुनसक्ने लागेकाले अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x