माछापुच्छ्रे बैंकद्वारा बीमा रकम भुक्तानी

पुस २४, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ ।

मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहिआएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो ।


ADVERTISEMENT

रकम बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।

मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् ।  

माछापुच्छ्रे बैंकका ग्राहकले तलब व्यवस्थापन बचत खातामा ६.५% ब्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमै खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् । 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखा, २ एक्सटेन्सन काउन्टर लगायत ५२ शाखारहित बैंकिङ सेवा गरी १ सय ४२ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

बैंकको देशभर १ सय ११ वटा एटीएम सञ्चालनमा रहेको छ ।

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस