चलचित्र ‘समर लभ’को ट्रेलरमा प्रेम र विछोड [भिडियोसहित]

पुस २४, २०७५

काठमाडौं- सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर प्रेम र विछोडले भरिएको छ । ट्रेलरमा उपन्यासका केही प्रेमवाला संवादलाई स्थान दिईएको छ । प्रेम दिवसको अवसर पारेर माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । सुविन भट्टराईकै कथा रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमिल्सिनाको पटकथा छ । चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक लगायतको मुख्य भूमिका छ ।


ADVERTISEMENT

नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत, कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन तथा अर्जुन जीसीको सम्पादन छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ । 

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस