×

NMB BANK
NIC ASIA

सभामुख र उपसभामुख सबैभन्दा बढी बिरामी, प्रदेशसभाकै उपचार कक्षमा चेकजाँच

पुस २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेश सभामा स्थापना भएको प्राथमिक उपचार कक्षमा सबैभन्दा बढी सभामुख र उपसभामुखले उपचार गराउने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभा सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले नै सबैभन्दा बढी पटक उपचार गराएर औषधि लैजाने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य लगायत सचिवालयका कर्मचारीदेखि मर्यादापालक समेतले प्राथमिक उपचार कक्षबाट सुविधा लिने गरेका छन् । तर प्रदेशसभा सदस्यभन्दा पनि सभामुख, उपसभामुख र कर्मचारीले नै धेरै पटक उपचार गराएको र औषधि लिने गरेको तथ्यांक तहको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा संसद हलको माथिल्लो तलामा मेडिकल कक्षको स्थापना गरिएको छ । कक्षमा हेल्थ असिस्टेन्ट (एचए) सुजितकुमार यादव गत जेठदेखि कार्यरत छन् ।

Vianet communication
Laxmi Bank

‘सभामुख सरोजकुमार यादवलाई हाईपर टेन्सन, मधुमेह, रक्तचाप लगायत रोगको बिरामी हुनुहुन्छ, उहाँले पटक–पटक त्यसको जाँच गराई औषधि लिने गर्नुभएको छ,’ उनले भने । उपसभामुख उपमा देव पनि कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप लगायतको बिरामी रहेकाले सोही अनुसार औषधि दिने गरेको यादवले बताए ।

उपचार कक्षमा सामान्यतया दिनहुँ ३ देखि ४ जनाले उपचार गराउने गरेका छन् । तर सदन चलेको दिन १० देखि १५ जना सांसदले नियमित रूपमा उपचार गराउने र औषधि लैजाने गरेका छन् । सांसदभन्दा बढी सचिवालयका कर्मचारीले नै सेवासुविधा लिइरहेको विवरण अभिलेखमा छ ।

सदन चलिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डल कुर्सीमै बेहोस भएको घटना एचए यादवले सम्झिए । ‘२०७५ साउन १३ गतेको बैठकमा उहाँ कुर्सीमै मुर्छित भएर बेहोश हुनुभएको थियो । मेडिकल कक्षमा ल्याएर करीब १ बजेदेखि ५ बजेसम्म उपचार गरिएको थियो ।’

उपचार गराउने सांसदमा बढीजसो महिला सांसद रहेका यादवले बताए । ‘टाउको दुख्ने, पेट दुख्ने, रुघाखोकी लगायत समस्या देखिनुका साथै प्रायः महिला सांसदमा रक्तचापको समस्या देखिने गरेको छ,’ उनले भने । पुरुष सांसदमा मधुमेह, रक्तचाप, कोलेस्ट्रोल र ग्यास्ट्रिकको समस्या रहने गरेको छ ।

उपचार कक्षमा गत आर्थिक वर्षमा ५ लाख रुपैयाँको औषधि किनिएको थियो भने चालू आर्थिक वर्षमा पनि ५ लाख रुपैयाँको औषधि किनिएको छ । कक्षमा १ सय ११ प्रकारका औषधि राखिएका छन् । औषधि खरिद टेन्डर नगरी कोटेसनमा गरिएको छ ।

प्राथमिक उपचार कक्षमा १ जना मेडिकल फिजिसियनको दरबन्दी राख्ने तयारी गरिएको छ । प्रदेशसभा सचिवालयका उपसचिव रञ्जित यादवले भने, ‘कम्तिमा १ जना फिजिसियन चिकित्सकको नै खाँचो छ । केहीदिनमै त्यसका लागि भर्ना गर्ने तयारी गर्दैछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x