सहायक जिल्ला वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २४, २०७५

काठमाडौं– डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सव डिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग लिएको ३३ हजार रुपैयाँ घुससहित पक्राउ परेका ठाकुरविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


ADVERTISEMENT

अख्तियारले ठाकुरसँग ३३ हजार रुपैयाँ बिगो र जरिवाना तथा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको दफा (३) को उपदफा (१) बमोजिम कैद सजाय माग गरेको छ ।  

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार