×

NMB BANK
NIC ASIA

व्यवसाय प्रवर्द्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियतमा ऋण दिने

पुस २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । 

Muktinath Bank

बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले रु दश लाखसम्मको लागि साधारण र रु दश लाखभन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव पेस गरेपछि कर्जा दिने उल्लेख गरेको छ । यस्तै परियोजनाको बीमा गराउनुपर्नेको हकमा बीमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा भुक्तानी हुने व्यवस्था गरिएको छ । बैंकका अनुसार त्यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ भने कर्जा किस्ताबन्दीमा दिइनेछ । 


Advertisment
Nabil box
Kumari

बैंकका अनुसार व्यावसायिक कृषिका लागि रु पाँच करोड, स्वरोजगार कर्जा रु सात लाख, विदेशबाट फर्केका युवालाई रु १० लाख, महिला उद्यमशीलता रु १५ लाख, दलित समुदायका लागि रु १० लाख, व्यावसायिक शिक्षा रु पाँच लाख र भूकम्पपीडितलाई आवास निर्माण गर्न रु तीन लाख दिइनेछ । 

Vianet communication
Laxmi Bank

बैंकले तरकारी उत्पादन, प्रशोधन भण्डारण तथा बिक्री वितरण, बीउबिजन उत्पादन, वनजङ्गल व्यवसाय, पशुपक्षीपालन, फलफूल, मत्स्यपालन, पशु बधशाला, उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो खेती, मौरीपालन, जौ, फापर, सिलाम, पशुपक्षीको दाना उद्योग, कपास ऊन, भेडा, च्याङ्ग्रा, चौँरीपालनलगायतमा सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना र महिला उद्यमशीलताका लागि कृषि, पशुपक्षीपालन, सिँचाइ तथा सिँचाइ उपकरण, कृषि औजार, वन विकास तथा चरण, जग्गा विकास, उद्योग व्यवसाय, सेवा व्यवसायका क्षेत्रमा ऋण दिनेछ । यस्तै पशुपक्षीसम्बन्धी चिकित्सा व्यवसाय, कृषि तथा औद्योगिक उत्पादन वृद्धिमा सहयोग पु¥याउने व्यवसाय, सीप एवं स्वरोजगारमूलक व्यवसाय, पर्यटन, सञ्चारसम्बन्धी व्यवसाय, यातायात क्षेत्रमा समेत लगानीका लागि ऋण दिने छ । 

दलित समुदाय व्यवसायमा परम्परागत बजाउने बाजा निर्माण, सिलाइकटाइ, परम्परागत आयआर्जनका पेशा, फलाम, कोइला, जुत्ता बनाउनका लागि चाहिने कच्चा पदार्थ, प्रशोधित छाला, जुत्ता चप्पल, ब्याग आदि बनाउने उद्योग स्थापना, परम्परागत सुन चाँदीका गहना, भाँडाकुँडा निर्माण, कालिगड सेवा प्रवर्द्धनका लागि बैंकले ऋण दिनेछ । आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहिने कच्चा पदार्थ खरीद गर्न, वस्तु तथा सेवा बिक्री गर्न, व्यवसायका लागि सामूहिक यन्त्रशाला निर्माणका लागि ऋण प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । 

यस्तै आर्थिकरूपमा विपन्न, सीमान्तकृत समुदाय, तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागिसमेत ऋण दिने उहाँको भनाइ छ । 

सरकारले तोकेको विषयका उच्च शिक्षा, स्वास्थ्यसँग स्म्बन्धित विषय, इञ्जिनीयरिङ, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषयसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषय अध्ययनका लागि ऋण दिइनेछ । 

बैंकको व्याजको हाल आधारदर छ दशमलव ३३ रहेको छ । आधार दरमा थप दुई प्रतिशत ब्याज लाग्ने भएपनि सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । महिला उद्यमशिलता कर्जाका लागि छ प्रतिशत ब्याज अनुदान दिएको छ । त्यस आधारमा हेर्दा बैंकले औसतमा दुई दशमलव ३३ प्रतिशत ब्याज दरमा महिलालाई ऋण प्रदान गर्नेछ । अन्यका हकमा भने तीन दशमलव ३३ प्रतिशत ब्याजमा ऋण दिनेछ । 

विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्स्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ । 

बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो । बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ । रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x