माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्षद्वारा शपथ

पुस २४, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंकको २० औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बैंकको साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।


ADVERTISEMENT

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखा, २ एक्सटेन्सन काउन्टर लगायत ५२ शाखारहित बैंकिङ सेवा गरी १ सय ४२ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

बैंकको देशभर १ सय ११ वटा एटीएम सञ्चालनमा रहेको छ ।

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस