सैनिक जवानले गरे श्रीमतीको हत्या

पुस २४, २०७५

बर्दिया–बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउको हानि सोमबार राति हत्या गरेका छन् । 

अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बोहरा बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले राति मधुवन नगरपालिकाको सानोश्रीमा पक्राउ गरेको थियो ।


ADVERTISEMENT

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस