अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता

पुस २५, २०७५

काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

मंगलवार सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

सम्झौता बमोजिम बैंकका ग्राहकले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवासुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

पुस २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस