×

NMB BANK
NIC ASIA

काठमाडौं – प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएको आइतवार प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्‍यो ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्त्वको विषयमा दिएको वक्तव्यबारे प्रश्न गर्न पाउने भन्दै कांग्रेस सांसदहरूले संसद्मा टेबल ठटाए । कांग्रेस सांसदको होहल्लाका कारण सभामुखले संसद्को बैठक १५ मिनेटका लागि स्थगित गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने कांग्रेसको अडानका कारण १५ मिनेटपछि बस्ने भनिएको बैठक सूचना टाँसेर बुधवारसम्मका लागि स्थगित भयो । प्रश्न गर्न नपाएको झोकमा कांग्रेसले सभामुखलाई समेत आरोपित गर्‍यो । कांग्रेस सांसद गगन थापाले सभामुख कृष्णबहादुर महरा राजनीतिक दलको कार्यकर्ता बनेको, हुकुमी शैलीले सदन चलाउन खोजेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

मंगलवार संसदीय दलको कार्यालयमा भएको अनौपचारिक बैठकले सभामुखले नियमावली मिचेर बैठक सञ्चालन गरेको ठहर गर्‍यो । बुधवार संसदको बैठक शुरू हुनुअगाडि सम्मपनि कांग्रेसले प्रधामनन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने विषयलाई प्रतिष्ठा बनाएको थियो । 

Vianet communication
Laxmi Bank

ओलीको भाषणले गरम, सभामुखको रुलिङले नरम !

प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएकोमा जहाजै डुबेजस्तो गरी संसदमा प्रस्तुत भएका कांग्रेस सांसदहरू सभामुख महराको एउटा सामान्य रुलिङपछि ‘कूल’ भए । बुधवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले पुस २२ गते प्रधानमन्त्रीसँग आफूहरूले प्रश्न राख्न चाहेको तर सभामुखले समय नदिएको तथा विपक्षी उभिएको समयमा समेत सदन चलाउन खोजेको गुनासो गरे । 

खाण बोलेलगत्तै सभामुख महराले खाणले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको र प्रतिनिधि सभा नियमावलीको नियमा २१९ अनुसार प्रश्न उठाउने व्यवस्था रहेको र त्यो व्यवस्था यथावत रहेको आस्वस्त गराउन चाहेको बताए । 

‘नेपाल सरकारले सार्वजनिक महत्त्वको वक्तव्य दिँदा नियमावलीको व्यवस्था बमोजिम माननीय सदस्यहरूले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु,’ महराको यति रुलिङले कांग्रेस सांसदहरू शान्त भए । 
सभामुखको रुलिङको अर्थ आगामी दिनमा प्रधानमन्त्री र मन्त्रीहरूले सम्बोधन गरेपछि सांसदहरूले प्रश्न सोधे भने जवाफ दिनु पर्नेछ । यति कुरा सभामुखले आइतवार पनि नभनेका होइनन् । उनले संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्ने व्यवस्था गर्छु भनेकै थिए । 

आफूलाई जिम्मेवार प्रतिपक्ष भन्ने र संसदीय व्यवस्थाको हिमायती ठान्ने कांग्रेसले संसदमा आफ्नो फितलो प्रस्तुतिलाई फेरि एकपटक दोहोर्‍याएको छ । आइतवारको सम्बोधनमा प्रधानमन्त्री ओलीले गलत तथ्याङ्क पेश गरेको आरोप कांग्रेसले लगाएको थियो । अब प्रश्न उठ्छ, कांग्रेसले भनेजस्तै सभामुखको रुलिङपछि त्यो गल्ती सच्चियो त ? 

महासमिति बैठकको ‘साइड इफेक्ट’

दुईसाता पहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो । सदन प्रतिपक्षविहीन बनेको टिप्पणी भइरहेको समयमा कांग्रेसले आफूलाई ‘क्रान्तिकारी’ देखाउन अनेकन स्टन्ट गर्ने गरेको छ । 

‘पुस २२ गते प्रतिनिधि सभा नियमावली २१९ अनुसार प्रधानमन्त्रीले सभामुखको अनुमतिमा सार्वजनिक महत्त्वको विषयमा मन्तव्य राख्नुभयो । त्यसबारेमा हाम्रो प्रतिक्रिया हामीले राख्न चाह्यौं । नियमावली २१९ को २ अनुसार मन्त्री र प्रधानमन्त्रीले सार्वजनिक वक्तव्य दिएपछि प्रश्न सोध्न सकिन्छ । यही व्यवस्था अनुसार प्रधानमन्त्रीले बोलेपछि समय माग्यौं र समय नपाएपछि हामीले सदनमा उभिनुपर्‍यो,’ खाणले बुधवार सदनमा भने, ‘नियमावलीमा व्यवस्था गरिएको सदस्यको अधिकारको रक्षा सभामुखले गर्नुपर्नेछ । प्रतिपक्ष उभिँदाउभिँदै सदन चलाउनु सोभनीय होइन ।’ खाणले नियमावली २१९ कार्यान्वयन नभए संसदमा उभिन बाध्य हुने चेतावनी दिए । 

२९ गते प्रधामनन्त्रीले जवाफ दिनुहुन्छ : डिला संग्रौला

कांग्रेस सांसद डा. डिला संग्रौलाले सभामुख महराले प्रधानमन्त्रीको जवाफको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि आफूहरू सदन सुचारु गर्न तयार भएको बताइन् । 

‘प्रधामनन्त्रीले २२ गते संसद्मा बोलेको विषयमा हामी भोलि लिखित प्रश्न दर्ता गर्दैछौं, २९ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ,’ संग्रौलाले लोकान्तरसँग भनिन्, ‘हामी हाम्रो अडानबाट पछि हटेका छैनांै । आज पनि संसदीय दलको सचेकतले धारणा राख्नुभएको छ ।’

२२ गतेको बैठकमा प्रश्न गर्न नदिनु गल्ती भएको महसूस गरेपछि आज सभामुखले रुलिङ गरेको उनले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x