सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

पुस २५, २०७५

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पुस २२ गते लम्कीमा एक कार्यक्रमबीच कम्पनीका महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको उपस्थितिमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीमा ३ लाख रुपैयाँ बीमांकको बीमा गरेका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परी अपाङ्ग भएकोमा अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT

कम्पनीले उपाध्यायलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ वर्षपछि बीमांक वापतको ३ लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ । 

कम्पनीले सोही दिन लम्कीमा हजारौं जनसमुदायको उपस्थितिमा बृहत् बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । 

कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले जीवन बीमाको महत्त्व तथा लाभबारे प्रकाश पारेका थिए ।

पुस २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस