नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग प्रभू लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

पुस २६, २०७५

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभू लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालू आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट व्यवस्था गरेबमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

बुधवार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारी र प्रभू लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

सम्झौताले चालू आवको आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको छ ।

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस