×

NMB BANK
NIC ASIA

विपक्षी डेमोक्रेटसँगको बैठकमा ट्रम्पले देखाए नखरा

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार विपक्षी डेमोक्रेटिक नेताहरूसँगको महत्त्वपूर्ण बैठक अचानक अन्त्य गरेका छन् । बैठकलाई उनले समयको बर्बादी भनी चित्रित गरे । 

अमेरिकामा आंशिक रूपमा सरकारी कामकाज ठप्प भएको बुधवार १९औं दिन पुगेको छ र यो अन्त्य हुने लक्षण पनि देखिएको छैन ।

बजेटका सम्बन्धमा सम्झौता थप बिग्रेपछि लगभग आठ लाख संघी कर्मचारीहरूलाई समस्या परेका् छ । मेक्सिकोसँगको दक्षिणी सीमामा पर्खाल ठड्याउने आफ्नो मागलाई दोहो¥याउँदै राष्ट्रपति ट्रम्पले गरेको पहिलो सम्बोधनको एक दिनपछि डेमोक्रेटहरूसँगको सम्बन्ध बिग्रिएको हो । 

‘चक र न्यान्सीसँगको एउटा बैठकबाट भर्खर निस्किएँ, पूरै समयको बर्बादी,’ ट्रम्पले ट्वीट गर्दै बताए । उनले सिनेट माइनोरिटी नेता चक शुमर र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसँगको संवादका बारेमा यसो भनेका हुन् । 

‘मैले तत्कालै बाटो खोलें भने ३० दिनमा के हुन्छ ? तपाईंहरू पर्खाल वा स्टीलको छेकवारसहितको सीमा सुरक्षालाई समर्थन गर्नुहुन्छ त भनी सोधें । न्यान्सीले हुँदैन भनिन् । मैले बाईबाई भनें, अरू केही कुराले काम गर्दैन ।’

शुमरले बैठकका विषयमा ह्वाइट हाउस बाहिर भेला भएका पत्रकारलाई बताएअनुसार, राष्ट्रपति जुरुक्क उठे अनि बाहिर निस्के ।

‘उनले सभामुख पेलोसीलाई सोधे, तिमी मेरो पर्खाल प्रस्तावमा सहमति जनाउछ्यौ ? उनले जनाउदिनँ भनिन् अनि उनी जुरुक्क उठे अनि कुराकानी गर्न लायक केही पनि कुरा छैन भने र हिँडे,’ शुमरले बताए । ‘आफूले भनेको कुरा
नभएपछि उनले फेरि एकपटक नखरा देखाएको हेर्न पाइयो ।’

यो बैठकअघि ट्रम्पले क्यापिटल हिलमा सिनेटमा रहेका रिपब्लिकनहरूसँग दिवाभोज गरेका थिए र त्यसक्रममा उनले रिपब्लिकनहरूलाई सँगै बस्न आग्रह गरे । 

केही रिपब्लिकनहरूले कामकाज ठप्प हुने स्थितिका विषयमा चिन्ता व्यक्त गरेका छन् ।

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x