मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — क्यानडाका लागि चीनका राजदूतले क्यानडामाथि गोरा जातिको अहंकारवाद हावी रहेको आरोप लगाएका छन् । चीनमा अघिल्लो महिना हिरासतमा लिइएका दुईजना क्यानडालीलाई थुनामुक्त गर्न आह्वान गरेर क्यानडाले अहंकारवाद देखाएको उनको भनाइ छ ।
चिनियाँ प्रविधि कम्पनीकी शीर्ष अधिकारीलाई क्यानडामा गरिएको पक्राउको प्रतिशोध लिनका लागि ती पक्राउहरू गरिएका हुन् ।
तर राजदूत लु शायेले ओट्टावाबाट प्रकाशित हुने हिल टाइम्समा बुधवार एक लेख प्रकाशित गर्दै पश्चिमी मुलुकहरूले क्यानडेलीहरूलाई तत्कालै थुनामुक्त गर्नुपर्ने माग राखेर दोहोरो मापदण्ड अपनाएको तर्क गरे ।
‘केही मानिसले घमण्डका साथ दोहोरो मापदण्ड अपनाउनु भनेको पश्चिमी अहंकारवाद र गोरा जातिको सर्वोच्चताको भावनाका कारण हो,’ लुले लेखे ।
‘उनीहरूले विधिको शासनप्रति सम्मान देखाएका हैनन्, बरू विधिको शासनलाई उडाउने र कुल्चने काम गरेका हुन् ।’
चीनले क्यानडाका पूर्व कूटनीतिज्ञ माइकल कोभरिग र व्यवस्याी माइकल स्पाभोरलाई सन् २०१८ को डिसेम्बर १० मा चीनको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने गतिविधिमा संलग्न रहेको अस्पष्ट किसिमको आरोप लगाउँदै हिरासतमा
लिएको थियो ।
अमेरिकाको अनुरोधमा क्यानडामा हुआवेकी कार्यकारी अधिकारी मेङ वान्चोलाई पक्राउ गरिएको १० दिनपछि यी पक्राउहरू गरिएका हुन् । कम्पनीले इरानसँग गरेको व्यापारका विषयमा बैंकहरूलाई भ्रमित गरेको आरोपको सामना
गर्नका लागि अमेरिका उनको सुपूर्दगी चाहन्छ । क्यानडाका एक न्यायाधीशले मेङलाई धरौटीमा रिहा गराएपनि उनी सुपूर्दगी प्रक्रियाको प्रतीक्षा गरिरहेकी छन् ।
द गार्डियनबाट
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...