×

NMB BANK
NIC ASIA

अमेरिकामा राज्य तहको डेलिगेटमा विजयी ह्यारी भण्डारीले वेद समाएर लिए शपथ

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वाशिङ्गटन डिसी –अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । 

Muktinath Bank

मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भने, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक प्रश्नको उत्तरमा उनले भने – म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । 


Advertisment
Nabil box
Kumari

भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करीब दुई दर्जन नेपालीले उनको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सङ्घ, अमेरिकाका अध्यक्ष डा केशव पौडेलले ह्यारीको सफलता एक एनआरएन कै सफलता हो भने ।

Vianet communication
Laxmi Bank

अमेरिकामा करीब तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका थिए । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् । 

यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका थिए । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ । 

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए । भण्डारीले जित्नुभएको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् । 

उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x