हवाई इन्धनको मूल्य घट्यो, अब लिटरको ९४ रुपैयाँ ५० पैसा

पुस २६, २०७५

काठमाडौं– नेपाल आयल निगमले आन्तरिक उडानतर्फका लागि हवाई इन्धनको मूल्य घटाएको छ । 

यसअघि लिटरको १०४ रुपैयाँ ५० पैसा रहेको आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरिएको नेपाल आयग निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 


ADVERTISEMENT

नेपाल आयल निगमले घटाएको हवाई इन्धनको मूल्य बिहीवार राति १२ बजेपछि लागू हुने छ । 

आयल निगमले केही दिन अगाडि मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि घटाएको थियो । 
 

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस