पहाडको खतरनाक भिरालोमा फसेका व्यक्तिलाई पाइलटले गरे रोमाञ्चक उद्धार (भिडियो)

पुस २६, २०७५

काठमाडौं — आल्प्स पर्वतको शिखरमा चोटग्रस्त एक स्कीयरको ज्यान बचाउनका लागि फ्रान्सका एक पाइलटले साहस र कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् । 

उनले हेलिकप्टरलाई पर्वतको भिरालोभन्दा केही इन्चको दूरीमा अगाडिबाट बांगो रोकेर स्कीयरलाई उद्धार गरे । 

घटना जनवरी २ को हो । बेलायती स्कीइङ र स्नोबोर्डर्स समूहका एक सदस्य ब्रुनो आल्प्स पर्वतको आन्तर्नमा घाइते भए । उनका घुँडाका गम्भीर चोट लाग्यो । समूहका सदस्यले उनलाई सँगै लान सकेनन् । अनि गाइडले सहायताका लागि प्रहरीलाई कल गरे । 

आन्तर्न पास ठाडो भिरालो ठाउँ हो जहाँ हेलिकप्टर अवतरण गराउन मुश्किल थियो । पाइलटले इलाको निरीक्षण गरेर घाइते स्कीयरनजिक हेलिकप्टर लाने फैसला गरे । 

उनले हेलिकप्टरलाई हिउँको ढलानभन्दा केही इन्च पर लगेर रोके । अनि टोलीले स्कीयरलाई उद्धार ग–यो । यो उद्धारकार्य लगभग १२ सेकेन्ड चल्यो । त्यस अवधिमा पाइलटले हेलिकप्टरको अघिल्लो भाग तलतिर झुकाएर राखे । 

उद्धारकार्यका प्रत्यक्षदर्शी ६० वर्षीय एक पूर्व पाइलटले भने, ‘ऊ एकदमै गजबको पाइलट रहेछ । तल चर्को हावा चलिरहेको उसलाई थाहा थियो । त्यसैले उसले हेलिकप्टरलाई तलतिर झुकाएर लैजाने निर्णय लिए । त्यसो गर्दा उसले
हेलिकप्टरलाई हावामै केही बेर रोक्न सफल भयो । म आफैं फ्रान्स एयरफोर्समा फाइटर पाइलट थिएँ । यस्तो बेलामा कति ठूलो जोखिम हुन्छ भन्ने मलाई थाहा छ ।

एजेन्सी
 


ADVERTISEMENT

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार