संसारको पहिलो नग्न रेस्टुराँ ग्राहक नआएपछि बन्द हुँदै

पुस २६, २०७५

काठमाडौं — संसारको पहिलो न्युडिस्ट (नग्न) रेस्टुराँ फेब्रुअरी महिनामा बन्द हुने भएको छ । ग्राहकको कमीका कारण रेस्टुराँ बन्द हुन लागेको हो । 

सन् २०१६ मा पेरिसमा ओनेचुरेल रेस्टुराँलाई जुम्ल्याहा दाजुभाइ माइक र स्टिफन साडाले खोलेका थिए । खाना खाँदा मानिसहरूबीच सम्बन्ध बढोस् भनी रेस्टुराँ खोलिएको थियो । रेस्टुराँमा मानिसहरूलाई अनौठो नग्न अनुभव दिइने दाबी गरिएको थियो । 

रेस्टुराँमा लकर सुविधा थियो । मानिसहरू आफ्नो कपडा र मोबाइल त्यहाँ राख्न पाउँथे । रेस्टुराँमा क्यामरामाथि कडा प्रतिबन्ध लगाइएको थियो । रेस्टुराँमा आउने मानिसलाई चप्पल लगाउन दिइन्थ्यो । 

रेस्टुराँ पुगेका मानिसले एकदमै स्मरणीय अनुभव गरेको बताएका थिए । 

बिस्तारै रेस्टुराँका वेटरले कपडा लगाउन थाले । अनि मानिसहरूले न्युडिस्ट रेस्टुराँको परिभाषा विपरीत भएको भन्दै आपत्ति जनाएका थिए । 

अनौठो अनुभव दिने यो रेस्टुराँ सन् २०१६ को जुन महिनादेखि तीन वर्षसम्म खुलेको हो ।

एजेन्सी
 


ADVERTISEMENT

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार