पाकिस्तानलाई अत्याधुनिक हतियार दिँदै चीन, भारतलाई पर्‍यो पीर

पुस २६, २०७५

काठमाडौं — चीनले पाकिस्तानलाई अत्याधुनिक हतियार दिन लागेपछि भारत चिन्तामा परेको छ । चीनमा बनेको खतरनाक क्षेप्यास्त्रले पाकिस्तानी जलसेनालाई बलियो बनाएको छ । 

यो एन्टीशिप क्षेप्यास्त्रले सन् २००५ देखि पाकिस्तानी जलसेनामाथि भारतीय जलसेनाको एड्भान्टेजलाई अन्त्य गर्ने सम्भावना रहेको छ । 

खबरहरूका अनुसार, पाकिस्तानी जलसेनामा चीनको घातक वाईजे–१२ क्षेप्यास्त्रको एक्सपोर्ट भेरिएन्ट सीएन–३०२ क्षेप्यास्त्र सुपरसोनिक गति र रेन्जका विषयमा भारतीय जलसेनाको अत्याधुनिक ब्रह्मोस एन्टीशिप क्रुजलाई टक्कर दिन सक्छ । 

भारतीय रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूका अनुसार, सीएम–३०२ भारतका लागि नयाँ खतरा हो । यसले नोक्सान गर्ने क्षमता अत्यन्तै धेरै छ । 

भारतीय जलसेनाका लागि यो खतरा वास्तविकतामा परिणत हुन समय लाग्नेछ किनकि पाकिस्तानको जलसेनासँग लंग रेन्ज सेन्सर छैनन् । भारतीय युद्धक जहाजमा सटीक निशाना लगाउनका लागि त्यो आवश्यक छ । 

अन्लाइन सैन्य वेबसाइट ग्लोबलसेक्युरिटी डट् ओआरजीका अनुसार, वाईजी–१२ को सबभन्दा विशेष कुरा चाहिँ रेन्ज नभई यसको गति हो । यसले डबल थ्री वा डबल फोको गतिमा आक्रमण गर्न सक्छ । 

एजेन्सी
 


ADVERTISEMENT

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार