विवादित राजदूत लक्कीबारे सरकारका प्रवक्ताले भने – केही दिनमा निकास दिनुहुनेछ

पुस २६, २०७५

काठमाडौं – विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकास दिन आग्रह गरेका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राजदूत शेर्पाले केही दिनमा निकास दिने बताएका हुन् ।


ADVERTISEMENT

‘राजदूत शेर्पा डिप्लोमेटिक पर्सनालिटी मात्र नभएर राजनीति सम्वद्ध पनि भएकाले प्रधानमन्त्री ओली तथा नेकपाका अध्यक्ष द्वयले केही दिनमा निकास दिने आशा गर्नुभएको छ,’ बास्कोटाले भने, ‘मन्त्रालयले गरेको छानबिनको प्रतिवेदन आइसकेको र त्यसको निष्कर्ष पनि निस्किसकेकाले उहाँले नै निकास दिनुपर्ने हो ।’

राजदूत शेर्पाका पूर्वचालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचबिखनको गम्भीर आरोप लगाएका थिए । सार्वजनिक आरोप लागेपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं झिकाएर छानबिन गरिरहेको छ । 

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस