प्रभु बैंकले ल्यायो पिबीएल मास्टरकार्ड डेविट कार्ड

पुस २६, २०७५

काठमाडौं– प्रभु बैंक लिमिटेडले पिबीएल मास्टरकार्ड डेविट कार्ड बजारमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानी गर्दै आएको संस्था ‘मास्टरकार्ड’ सँगको सहकार्यमा प्रभु बैंकले मास्टरकार्ड डेविट कार्ड सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

मास्टरकार्ड डेविट कार्डले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानीका लागि सहज हुने र सुरक्षित समेत हुने प्रभु बैंक लिमिटेडले जानकारी दिएको छ । 

त्यस्तै बैंकले मास्टरकार्ड डेविट कार्डले अन्तर्राष्ट्रि बजारमा उपभोक्ता, वित्तीय संस्था, सरकार र व्यवसायिक संस्था लगायतमा भुक्तानी गर्न सजिलो हुने समेत जानकारी दिएको छ ।

बिहीवार भएको सार्वजनिक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंक र मास्टरकार्डबीच भएको सहकार्यले भविष्यमा थप फाइदा पुग्ने बताए ।

त्यस्तै मास्टरकार्डका दक्षिण एसिया प्रमुख पोरुष सिंहले आगामी दिनमा पनि प्रभु बैंकसँगको सहकार्यमा जोड दिइने बताए ।           

मास्टरकार्ड अन्तर्राष्ट्रिय भुक्तानी गर्ने एउटा संस्था हो । यसले संसाभरि मास्टरकार्डमार्फत् भुक्तानीमा सहयोग  गर्दै आएको छ ।

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार