उपचार गर्ने पैसा नहुँदा बिरामीले गरे आत्मदाह

सन्दर्भ तस्वीर
पुस २७, २०७५

उदयपुर–उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन्। 
उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले बुधबार राती परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन्। पायल्स, जण्डिस र लिभरको बिरामी कार्कीले आत्मदाह गरेका हुन्।

बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताएका थिए। उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घरनजिकै परालको गोठमा आगो लगाई आगोमा हामफालेपछि घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए।


ADVERTISEMENT

गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरूको उद्धारपद्धि उपचारका क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार