कतै तपाईंले बालबालिकासँग यस्तो व्यवहार त गरिरहनु भएको छैन ?

पुस २७, २०७५

आमाबुवा हरेक सन्तान स्वस्थ्य र खुसी हुन् भन्ने चाहन्छन् । यसको मापन उसको शारीरिक विकासका आधारमा गरिन्छ । तर स्वस्थ्य र खुसी हुनको लागि भावनात्मक क्षमताको विकास हुनु अत्यावश्यक छ  । 

बालबालिकामा अरुको भावना बुभ्mने क्षमता विकास हुनु नै भावनात्मक विकास हो । यसबाट उनीहरुबाट हुने गरिने व्यवहारले अरुलाई कस्तो असर पारिरहेको छ भन्ने बालबालिका स्वयम्ले थाहा पाउँछन् र सोही अनुसारको व्यवहार गर्दछन् । यसैबाट वयस्कहरुसँगको व्यवहार निर्माण हुने गर्दछ ।


ADVERTISEMENT

भावनात्मक विकास एक जटिल कार्य हो जुन शिशु अवस्थाबाट शुरु भएर र निरन्तर जारी रहन्छ । मनमा आउने सबै भावनाहरु आनन्द, खुसी, उत्साह, नैराश्यता, उदासी, रिस र डर सबै पर्दछन् ।

यस्ता भावनाहरु बालबालिकामा आफैं विकास हुँदै गर्व, उत्साह, समानुभूति, आश्चर्य, लाज, सरमर्म, शोक, अपराध, जस्ता अधिक जटिल भावनाहरूको पनि विकास हुन्छ । डरमा कामेको स्वर, रिसमा चर्काे स्वर, खुसीमा हँसिलो मिठासपूर्ण अभिव्यक्त, उत्साहित स्वर आँखा भरि आँसु, चिन्ता, थकित अनुहार, चिसो वा तातोको अनुभव र प्रतिकृया यी सबै भावनात्मक अभिव्यक्तिहरु हुन्  । यसबाट उनीहरुको अवस्थाको सजिलै आँकलन गर्न सकिन्छ ।

बाल्यकाल देखिनै घर समाज र प्राथमिक स्कूलबाटै त्यस्ता भावनाहरू पहिचान गर्न, बुझ्न र तिनीहरूको प्रयोग र व्यवस्थापन गर्न सिकिरहेका हुन्छन् ।  बालबालिकालाई उनीहरुको समग्र विकासको लागि भावनात्मक विकास अनिवार्य छ । यसले उनीहरुले गर्ने कार्य वा व्यवहारलाई निर्देशित गर्दछ । भावनात्मक सुझबुझबाट परिवार, समाज, साथी, संरक्षक, शिक्षकले उनीहरुको कार्यलाई कसरी लिएको छ भन्ने थाहा पाइरहेका हुन्छन् भने संरक्षक अभिभावकको भावनाको पनि सुक्ष्म अनुभूति गरिरहेका हुन्छन् । यसैका आधारमा हरेक वयस्कको बारेका धारणा बनाई व्यवहार प्रस्तुत गरिरहेका हुन्छन् । यसरी बालबालिका र वयस्कको सम्बन्ध निर्धारण मात्र हुँदैन उनीहरु बीचमा हुने कुराकानी, व्यवहार र कार्य पनि निधारित हुने गर्दछ । यसले बालबालिकाले गर्ने व्यक्तिगत कार्य, पारिवारिक तथा सामाजिक कार्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ ।

बालबालिकाको शारीरिक र मानसिक र बौद्धिक विकासका साथ संवेगात्मक र भावनात्मक विकास सँगसँगै भइरहेको हुन्छ । बालबालिकाले परिवार, समाज र विद्यालयमा हरेक पल उनीहरुले अनुभव  गरिरहेका हुन्छन् । त्यसकै आधारमा जीवनको लागि आफूलाई चाहिने व्यवहार छनौट गरी त्यसको अनुसरण र प्रयोग गर्दै आफूमा प्रभाव परिरहका हुन्छन् । कस्ता बिषय र कार्यले आफ्नो र अरुको भावनामा कस्तो असर पारिरहेको छ थाहा पाउने र त्यसको अनुसरण तथा व्यवस्थापन गर्ने सीपको विकास गर्दछन् । उनीहरुले कस्तो अवस्थामा कस्तो हाउभाउ, प्रतिकृया दिने भन्ने जान्दछन् । जसरी उनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासको लागि अभिभावकले विशेष ध्यान दिइरहेका हुन्छन् । उनीहरुको भावनात्मक विकासमा पनि त्यतिकै ख्याल पु¥याउनु पर्दछ । तर यसमा खासै ध्यान पु¥याइरहेका हुँदैनौं । त्यसैले बालबालिकासँग बस्दा खेल्दा वा कार्य गर्दा हामीले देखाउने आचरण र भावनात्मक कृयाकलापले नै उनीहरुमा हस्तान्तरण हुँदै जाने हो । यसैले उनीहरुसँग अभिभावक तथा संरक्षकले एउटै प्रकृतिको अवस्थामा हरेक क्षण फरक फरक शव्द, व्यवहार, हाउभाउ आचरण, भावलाई ख्याल गर्नु अपरिहार्य छ ।

अभिभावकले बालबालिकाका सामान्य गल्तीमा रिसाउँदै गाली गरेर शारीरिक तथा मानसिक सजाय दिनु, अभिभावकद्वारा आफूभन्दा सानाहरुको साधैं कमजोरी मात्र देखाएर हेप्नु, र कुनै पनि कार्यमा प्रसंशा नगर्नु यी र यस्ता व्यवहार तथा कार्यले बालबालिकाको भावनात्मक विकास पनि नकारात्क ढंगबाट विकास भइरहेको हुन्छ

अभिभावक, शिक्षक तथा वयस्कहरुले जुनसुकै उमेर समुहका बालबालिकाबाट काम लिनुपर्दा एकदमै मायालु शब्दमा प्रसंशा गर्दै बोलाएर काम लगाउनु जस्तै मेरो नानु जस्तो असल त कोही छैन ! ..... सामग्री ल्याईदेऊ, पसलमा गएर एउटा चक्टेल किनेर खाऊ !  आउँदा साबुन किनेर ल्याईदेउ ल भन्दै चक्टेलको आशामा साबुन किन्न लगाउनु । बाबु कस्तो ज्ञानी छ ! ल बाबालाई बोलाएर आऊ आदी  र काम सकिनासाथ कस्तो भनेको नमान्ने अटेर गर्ने बदमास् ! ठूलाहरुको कुरा सुनेर बस्ने उल्लु ! चकचके ! अराएकै नटेर्ने कस्तो अटेरी आदि नकारात्मक धारणा व्यक्त गरिहाल्नु । यसरी बालबालिकाको भावना माथि सधैं खेलबाड भइरहेको पाइन्छ । आमाबुबा, संरक्षक तथा शिक्षकबाट बालबालिका सधैं डराउँछन् भने त्यहाँ बालबालिकामाथि भावनात्मक दुव्र्यवहार भएको छ ।

आमाबुवाले छोराछोरीका सकारात्मक कुरा गरेर उनीहरुका भावनालाई उत्साहित बताउनु पर्छ । सामान किन्दा उनीहरुलाई सँगै लगेर रोजाएर किन्दा उनीहरुको अनुहारमा आउने खुसी र आफ्नोपनले उनीहरुमा गौरवको अनुभूति गराइरहेको हुन्छ । केही अभिभावक आफ्ना छोराछोरीको बारेमा अरुको अगाडि कामनलाग्ने, केही गरेर खाँदैन्, बदमास, फटाहा, पढ्दै पढ्दैन जस्ता सधैं नकारात्मक कुरा गर्नु हुन्छ यस्ता कुराले बालबालिकाको अभिभावक प्रति त नकारात्मक धारणा बन्ने नै भयो । त्यसले उनीहरुमा ठूला मानिसप्रति सकारात्मक भावनाको विकास भएको हुँदैन भने अत्मविश्वासमा पनि असर परिरहेको हुन्छ । यतिमात्र हैन उनीहरुलाई आफन्त छिमेकी र समाजले पनि सकारात्मक भन्दा नकारात्मक ढंगबाट हेरिरहेका हुन्छन् ।  

अभिभावकले बालबालिकाका सामान्य गल्तीमा रिसाउँदै गाली गरेर शारीरिक तथा मानसिक सजाय दिनु, अभिभावकद्वारा आफूभन्दा सानाहरुको साधैं कमजोरी मात्र देखाएर हेप्नु, र कुनै पनि कार्यमा प्रसंशा नगर्नु यी र यस्ता व्यवहार तथा कार्यले बालबालिकाको भावनात्मक विकास पनि नकारात्क ढंगबाट विकास भइरहेको हुन्छ ।

सिकाइ हस्तान्तरणको सामान्य प्रकृया भनौं ३/४ वर्ष देखिनै उनीहरुले पनि आफूभन्दा सानालाई यस्तै व्यवहार प्रारम्भ गरिरहेका हुन्छन् । उनीहरुलाई कुनै सामग्री चाहिएमा रोइदिनु । रोएमा वा रिसाएमा आफ्ना कुनै पनि माग पुराहुने विश्वासको विकास हुनु । अझ सार्वजनिक ठाउँमा माग गरेर रुनु आदि नकारात्मक भावनाको विकास हुनु हो । यस्ता भावनात्मक दुरुपयोग गर्न कृयाहरु बालबालिकामा आफै विकास भएका हैनन् हामीले उनीहरुमा प्रयोग गर्दै विकास गराएका हौँ ।

जसरी स्यावासीमा खुसी हुन, अंकमाल गर्न, पुरकृत हुँदा सबैलाई देखाउन सिकायौं । त्यसै गरी आफूभन्दा ठूलाको अगाडि सधैं आदर सम्मानको भाव देखाउन सिके जस्तै आफूभन्दा सानाको अगाडि सधैं रिस, गाली, हेपाइ मात्र हैन शारीरिक सजाय दिन पनि पछि पदैनन् । बालबालिकाले बाल्याअवस्था देखिनै भावनालाई अनुहार र शारीरिक रुपमा प्रतिकृया दिने गर्दछन् । जब किशोरावस्थामा पुग्दछन् यसबेलादेखि यसले मानसिक शरीका भित्री भागहरुमा पनि असर पर्ने गर्दछ ।

आफूलाई माया गर्ने र हेप्ने विभेद गर्ने व्यक्तिको बीचको अन्तर अनुभूति गर्न सफल हुन्छन् । माया गर्ने तथा सहयोगी व्यक्ति देख्नासाथ अनुहारमा चमक आउनु, हाँस्नु, नजिक हुनु यसको विपरित विभेद गर्ने, हेप्ने वा मननपर्ने मानिस देख्ना साथ अनुहार अँध्यरो हुनु, रिसाउनु चिट्चिटाहट हुनु आदि यी मनमा स्वत आएका भावनाहरु हुन् ।

कुनै नराम्रा घटनाले रिंगटा लाग्नु, टाउको दुख्नु, वाकवाकी लाग्नु्, पेटमा गडवडी हुनु, वेचैन हुनु, बोल्न नसक्नु कब्जियत हुन यो पनि शारीरिक रुपमा प्रकट हुने भावनात्मक असर हुन् । सकारात्मक वा नकारात्मक प्रतिकृया स्वरुप स्वासप्रश्वास बढ्ने वा घटने । अप्ठेरो महसुस गर्दा सुरक्षित हुन वा प्रतिवाद गर्न तत्पर हुने । पुरस्कार प्राप्त गर्दा अनुहारम मुस्कान आउनु, उत्साहित हुनु अदी हो भने दुःखदायि घटनामा  आँसु आउनु, नैरास्य तथा निरासा आदि । यस्तै किशोरावस्थामा कोही प्रति आकर्षण वा विकर्षण पनि भावनात्मक प्रतिकृयाहरु हुन् । यस्ता भावनात्मक अनुभूतिहरु बालबालिकाले परिवार समाजका बीचमा रहेर अवलोकन र अनुभव मार्पmत सिकिरहेका हुन्छन् ।

हरेक बालबालिका आफैंमा फरक हुन् त्यसैले एउटै घटनामा पनि व्यक्ति र उनीहरुको स्वभाव अनुसार भावना व्यक्ति गर्ने तरिका पनि फरक फरक हुन जान्छ । यसै गरी परिवार समुदाय सांस्कृतिक मुल्य मान्यता विद्यमान हानिकारक परम्परा, बालक र बालिकाले, जाति, भाषा संस्कृतिका, आर्थिक अवस्था भुगोलिक क्षेत्र आदिका कारणले पनि बालबालिकाको भावनात्मक अभिव्यक्ति फरक फरक हुन जान्छ ।

उदाहरणः छोरीहरुको भेषभुसा र लजालुपन, खुसी व्यक्त गर्दा थोरै हास्नु, कम उत्साहित हुनु, भने छोराहरु खुल्ला, बढी उत्साहित आदि यसै गरी परिवारमा स्वतन्त्र र सधैं स्यावासी पाएकाहरुले अरुलाई पनि स्यावासी दिने उत्साहित हुने गर्दछ भने सधैं हेपाई, डर र निर्देशन भित्र मात्र हुर्केका बालबालिका खुसीको अभिव्यक्त दिन खासै उत्साहित हुँदैनन् । यतिमात्र हैन उनीहरुमा आत्म विश्वासमा पनि कमी रहेको पाइन्छ ।

अझ अगाडि बढेर हेर्ने हो भने सधै झगडा, गाली र पिटाइ दवाबमा हुर्कन बाध्य बालबालिकाहरु रिसाहा, झगढा गरिहाल्ने, पिटिहाल्ने स्वाभावका समूहमा भन्दा एक्लै बस्ने स्वभावका  हुन पुग्दछन् । त्यसैले केही आफै प्रति बढी संवेदनशील र केही अन्य घटना र अरु प्रति बढी संवेदनशील हुन्छन् । केही बालबालिकामा भावनात्मक ऐठन त्यतिन्जेल रहन्छ जबसम्म अरुलाई आलोचना वा सजाय दिंदैन । भने कोही कुनै पनि अन्यायको विरुद्ध प्रतिवाद गरिनै रहन्छ कोही वा अन्याय सहेर बाहिर भाग्छ । कोही अरु दुःखी भएको वा अरुलाई नराम्रो लागेको ध्यान दिन्छन् र उनीहरुलाई सहयोग गर्ने वा साहानुभूती देखाउँछन् भने कोही बेवास्ता गर्दछन् । यो व्यक्तिगत, परिवारिक तथा सामाजिक परिवेशद्वारा विकास भएको भावनात्मक प्रतिकृया हो । 

केही बालबालिका नरम स्वाभावका सामान्य कुरामा चिन्तित, कुनै कथा वा घटना सुन्दै रुने स्वाभावक हुन्छन् भने केही कडा स्वाभावका हुन्छन् । उनीहरु सामान्य बिषयमा खासै ध्यान दिँदैनन् । ठूलै समस्यालाई पनि सामन्यकरण गरी दिन सक्षम पनि हुन्छन् । यो व्यक्ति र परिवेश अनुसार फरक हुने कुरा हो । यही भावनात्मक विकासले उनीहरुलाई व्यक्तिगत तथा सामाजिक परिवेशसँग बाँच्न र समयसँग जुध्न सिकाइरहेका हुन्छन्  ।

पारिवारिक तथा सामाजिक गतिविधिमा संलग्न भएर पाएको सफलता र प्रसंशाले उनीहरुमा आत्मबल मात्र होइन आफू केही गर्न सक्छु भन्ने भावनाको विकास गराउँछ । भने असफलताबाट पाएका नाकारात्मक टिप्पणी र हेपाई उनीहरुमा निरासा मात्र विकास हुँदैन उनीहरुले आफूलाई कमजोर बनाई रहेका पनि हुन्छन् । 

बालबालिकाको भावनामा खुसी ल्याउन उनीहरु प्रति सकारात्मक व्यवहार स्नेह व्यवहारहरुः

  • भावना र चाहना र आवश्यकताहरुमा ध्यान राख्नुस् ।
  • दैनिक गतिबिधिहरुमा रुचि राख्नुस् ।
  • सोच र धारणाको आदर गर्नुस् ।
  • साना ठुला उपलब्धिहरुमा गर्व व्यक्त गर्नुुुस् र प्रशसाका साथै स्यावासी दिनुस् ।
  • तनाव हटाउनको लागि उनीहरुको मनोबल बढाउन प्रोत्साहका र साथ दिनुस् ।
  •  मन र भावना खुसी राख्ने कार्यलाई प्रथामिकताका साथ गराउन प्रेरित गर्नुस् ।
  • भावना व्यक्त गर्ने सिप सिकाउनुस् र त्यसको सिमा निर्धाराण गराउनुुुस् ।
  • उसले गरेका भावनात्मक प्रतिकृयाहरुमा तपाईले सहि गलत कस्तो छ उनीहरुलाई भनिदिनुस् ।
  • भूत,  प्रेत, बौलाहा, बोक्सी, अध्यरो आदि उनीहरुमा डर पैदा गर्ने खाले कथा नसुनाउनुुस् । 
  • शिक्षक, पुलिस वा अन्य मानिस देखि डराउने हाउबुझी नबनाउनुुस् । ... नगरे बोलाई दिन्छु ।
  • बालबालिकाका बहादुर, सफलताका कथा सुनाऔं उसमा आट र साहास प्रदान गर्नुहोस् । 
  • आगो, हातियार, पानीबाट जोगिने बिषयमा सचेत गनुहोस् । यस्ता ज्ञान र सिपले उनीहरुमाथि आएका डर र चिन्तको सामान गर्न सिक्नेछन् । 

Reference content: AHREN HOFFMAN, www.friendshipcircle.org/ KIDS MATTER www.kidsmatter.edu.au,  Amy Morin-LCSW www.verywellfamily.com, www.nspcc.org.uk

  •  
पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार