×

NMB BANK
NIC ASIA

घुर तापेर जाडो छल्दै महोत्तरीका दलित

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास – “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न...” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राउनुभयो । 

ओढ्ने, ओछ््याउने र लगाउने न्यानो लुगा नहुँदा पुस अन्त्यको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने घुर बन्ने गरेको छ । 

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको घुरमा निस्कने धुवाँ गनाउने धुवाँबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महीनाभरी मुसहरको बिहानीको दैनिकीजस्तै बनेको छ । 

‘न राख्ने धन, न साच्ने अन्न’ आगनमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने पश्चिमी सिरेटो लगातार आइ रहेपछि न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुवाँको मुस्लो निस्कने घुर (पातपतिङ्गर बटुलेर आगो बालिएको ठाउँलाई यहाँ घुर भनिन्छ) वरीपरी बसेर न्यानो खोज्न विवश भएका हुन् । 

जिल्लाका बर्दिवास नगरपालिकाका बर्दिवास, विजलपुरा, मेघरोल होस् कि भङ्गाहा नगरपालिकाका रामनगर, भङ्गाहा, सकरी, सिद्धपुर, बखरी, मदनपट्टी, धर्मपुर वा हरिनमरीका मुसहर जातिका दलित बस्ती हुन्, सबै मुसहर बस्तीमा जाडोको साझा साहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा यि बाहेक लोहारपट्टी नगरपालिकाका डोठारा, पिपराढी बलवा नगरपालिकाका भगवतीपुर, धमौरा, गौशाला नगरपालिकाका रजखोर, मनर्वा, भरतपुर, औरही नगरपालिकाका भोइल, टिम्कीया, अग्लेसरा, रामगोपालपुर नगरपालिकाका महनपुर, बिसबिट्टी र एकडारा गाउँपालिकाका भटौलिया र बथनाहा मुसहर जातिका सघन बसोवास भएका बस्ती मानिन्छन् । यि सबै बस्तीमा जाडो छल्ने घुर नै सबैको सहारा हुने मुसहर आफैं बताउँछन् । 

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका घुर नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि घुर ओरीपरी बुढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजी रहेका भेटिन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा घुरको चलन बाक्लो देखिन्छ । 

किशोर र तन्नेरी यी बस्तीमा देखिदैनन् । १३/१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर !” भङ्गाहा नगरपालिका–४ का मुसहर बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका बदरिया सादाले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाव गए’छन् ।” किशोर र तन्नेरी पञ्जाव नगए मुखमा माड नलाग्ने बदरिया सादाको थप भनाइ छ । 

महोत्तरीसहितका पूर्वीमध्ये तराईमा वर्षेनी हिँउदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोसिलो तथा ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरीबी र अशिक्षाले रुमलेको मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको महोत्तरी बर्दिवास–१२ विजलपुराका मुसहरीटोल नजिकका शिक्षक रमेश कोइराला बताउँनुहुन्छ । 

दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरीबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने र पोसिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर !” भङ्गाहा–४ पलारको वातरटोलकी सियान्की बाँतर र दरिता मेस्तरले भन्नुभयो, “सबै कुरा पैसाले नै गर्ने रे’छ, अब जाडोमा बाहिर ननिस्कने भनेर घर बसे लालाबालाको मुखमा माड कसरी लाग्ला ?” 

पछिल्ला पाँच/छदिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको सियान्कीको थप भनाइ छ । लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका घुर ताप्दा त्यसबाट निस्कने विषक्त धुवाँले श्वासप्रश्वासका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसै पनि स–साना बालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाज्ने गर्छ” बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भन्नुभयो, “झन् धुवाँ रुमलिएको घुर ताप्न बस्दा श्वासप्रश्वासका बिरामी झन् बढ्ने नै भए ।” 

राम्ररी नसुकेको पतिङ्गर, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धूवाँले यस्ता बिरामी अझ बढेको डा अधिकारीको निष्कर्ष छ । विशेषगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या बढेको जिल्ला अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाले जनाएका छन् । 

पुस सकिएर माघ लाग्नैलाग्दा जाडो झन् छिप्पिएको छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा पछिल्ला तीन दिनयता घाम अक्कलझुक्कल मात्र देखिने गरेको छ । एका बिहानैदेखि लगातार बही रहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् । 

चिसो ह्वात्तै बढेपछि जिल्लाका अधिकांश स्थानीयतहमा पुस २५ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएको छ । जाडो निक्कै बढेर स–साना नानी विद्यालय आउन पातलीएपछि नगरक्षेत्रका विद्यालयमा पाँच दिनको बिदा दिएको बर्दिवास नगरपालिका, शिक्षा शाखाका प्रमुख जयराम अधिकारीले जानकारी दिनुभयो । 

चिसो बढेसँगै खानपान, आहारव्यहारमा राम्रो ख्याल राख्न चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएका छन् । यसैगरी चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोसिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकद्मी लिनुपर्ने भनाइ बुद्धिजीवीको छ । गोपालप्रसाद बराल / रासस

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x