राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको चियापान सम्पन्न

पुस २७, २०७५

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले विगतका वर्षझैं यसपटक पनि पृथ्वीजयन्तिको अवसरमा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा चियापान कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT

अपरान्ह एक बजेदेखि तीन बजेसम्म चलेको चियापान समारोहमा, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई उपस्थित भएका थिए ।

राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस