जग्गा कित्ताकाटको प्रतिबन्ध हट्यो

पुस २७, २०७५

काठमाडौं – सरकारले जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

करीब डेढ वर्षअघि जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाएको सरकारले पछिल्लो समय कृषियोग्य भूमिमा असर नपर्ने गरी गैरकृषि क्षेत्रमा कित्ताकाट गर्न पाउने व्यवस्था गर्दै लचकता अपनाएको हो ।


ADVERTISEMENT

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले भूमिको व्यवस्थापनका लागि कानून तर्जुमा नहुञ्जेलसम्मका लागि जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको जानकारी गराइएको हो ।

मन्त्रालयका सचिव गोपीकृष्ण मैनालीले कृषियोग्य जमिनको गैरकृषि क्षेत्रमा रूपान्तरणले तीव्रता पाइरहेकाले खेतीयोग्य भूमिको संरक्षणका लागि सरकारले अबिलम्व कदम चाल्नुपर्ने भएको भन्दै सोसम्बन्धी कानून तर्जुमा नहुञ्जेलसम्मका लागि कित्ताकाट फुकुवा गरिएको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले २०७४ साल साउन २६ मा जग्गा खण्डीकरण सम्बन्धमा जारी गरिएका सम्पूर्ण निर्देशन खारेज गरिएको छ ।

यसअघि मन्त्रालयले भूमिको खण्डीकरण रोक्न मातहतका कार्यालयलाई निर्देशन दिँदै जग्गाको कित्ताकाट गरी बिक्री वितरणमा रोक लगाएको थियो ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार