×

NMB BANK
NIC ASIA

अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी -अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो”, मौनीले भन्नुभयो, “पन्ध्र क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीले किन्न पनि मानेनन् ।” उहाँले गत वर्ष बिपीनगर बजारमा आफँै अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाउनुभयो । तर यो वर्ष व्यापारी तथा अदुवा कम्पनी घरघरमै आएर अदुवा लैजान लागेका छन् । 


Advertisment
Nabil box
Kumari

गत वर्ष किसानले मुस्किलले अधिकतम २० रुपैयाँसम्म प्रतिकिलो अदुवाको मूल्य पाएका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले रु ३५ पाएको किसान बलबहादुर बुढामगरले बताउनुभयो । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष रु एक लाख २० हजार आम्दानी गरेका छन् । 

Vianet communication
Laxmi Bank

मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानले अदुवा सुठो बनाएर बिक्री गरेका थिए । डोटीमा भारतका व्यापारी स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा सङ्कलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बिपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्ल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौरलगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ । डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिकटन अदुवा उत्पादन हुने गरेको सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । 

पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा यसको माग बढ्दै गएको जोशीले बताउनुभयो । पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानले राम्रो मूल्य पाउने गरेको उहाँको दाबी छ । 

“अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसअघि किसानले खेतबाट खनेर बोरामा हाली बाहिर पठाउँदा मूल्य दिन अन्तर्राष्ट्रिय व्यापारीले मानेका थिएनन् ।” 

डोटी र कैलालीका किसानले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ‘ओएमसी’ नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वयमा स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मनलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताउनुभयो ।

उहाँले किसान तथा अदुवाको बीमा गर्ने, अदुवा खेतीका लागि ऋण उपलब्ध गराउने जस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका कारण पनि किसानले कम जोखिममा राम्रो मूल्य पाउने गरेको दाबी उनको छ । मलबहादुर बिष्ट /रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x