नेकपा नेता अधिकारीको स्वास्थ्यमा सुधार

पुस २८, २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । गत सोमबार अचानक छातीमा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि अधिकारीलाई शुक्रबार नर्मल बेडमा सारिएको छ । लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । स्वास्थ्यमा क्रमशः सुधार देखिएकाले एक–दुई दिनभित्रै डिर्स्चाजको सम्भावना रहेको अस्पतालले जनाएको छ ।
 


ADVERTISEMENT

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार