फाल्गुनन्द गोल्डकप : अन्तिम सेमिफाइनलमा रोयल एफसी र नेपाल आर्मी भिड्दै

पुस २८, २०७५

पाँचथर– फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा प्रवेशका लागि शनिबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा रोयल एफसी दार्जिलिङ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । खेल फिदिम माविको खेल मैदानमा हुने छ ।

यसअघि हिजो भएको खेलमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौंलाई १—० ले पराजित गर्दे झापा–११ ले उपाधि भिडन्त पक्का गरेको हो ।  प्रतियोगिताको विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछ । 
 


ADVERTISEMENT

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार