डा. केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग

पुस २८, २०७५

काठमाडौं – डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । 

सोलिडारिटी फर डा. केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिवार प्रदर्शन गरेको हो । 


ADVERTISEMENT

संस्थामा आवद्ध एक समूहले उनीहरूले ‘डा. केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले विगतमा डा. केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरूको माग गरेको छ ।

सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा. केसी अनशनमा बसेका छन् ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस