गाडी खरिदमा अनियमितता प्रकरण : प्रारम्भिक अध्ययन समितिले थाल्यो काम

पुस २८, २०७५

बुटवल – ५ नम्बर प्रदेशमा गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित प्रारम्भिक अध्ययन समितिले काम थालेको छ । 

अध्ययन समितिले विभिन्न मन्त्रालयबाट झिकाइएका फाइलहरू खोलेर त्यसको अध्ययन शुरू गरेको हो ।  


ADVERTISEMENT

सार्वजनिक लेखा समितिले प्रदेशसभाले गाडी खरिद गर्दा अनियमितताको खबर बाहिर आएपछि त्यसप्रति गम्भीर चासो देखाउँदै छानबिनका लागि झिकाइएका फाइलहरू खोलेर अध्ययन थालेको हो । 

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय र महान्याधिवक्ताको कार्यालयबाहेक अन्य सबै मन्त्रालयले गाडीका सबै डकुम्मेन्ट लेखा समितिलाई बुझाइसकेका छन् । २ कार्यालयलाई पनि ३ दिनभित्र कागजपत्र बुझाउन परिपत्र गरिएको छ ।

शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकले प्रारम्भिक अध्ययन समिति गठन गरेको थियो । 

नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा वनाइएको उपसमितिमा काग्रेसका बैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य छन्  । फाइल खोल्दै संयोजक पोखरेलले सवारी साधन खरिद प्रकरणमा उठेका बिषयको यथार्थ बिवरण सत्य तथ्य रिपोर्ट छिट्टै तयार गर्ने बताए  । 

अध्ययन समितिलाई ७ दिनको समय दिइएको छ । संसदका विभिन्न समितिका सभापतिहरुदेखि प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक लगायतका लागि खरिद गरिएका १३ वटा सवारी साधनमध्ये अधिकांश बजार मूल्य भन्दा बढीमा खरिद भएको र १ महिनामा नै बिग्रन थालेपछि अनियमितता भएको आशंका गरिएको छ । 

आफूले चढेको नयाँ गाडी बिग्रन थालेपछि सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले समितिको बैठक बस्नु अगाडि नै आफनो सवारी साधन संसद सचिवालयलाई फिर्ता गरेका छन् । 

पुस २८, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार