विद्यार्थी नेतालाई आक्रमण गर्नेमाथि कारवाहीको माग

पुस २८, २०७५

काठमाडौं – अनेरास्ववियूले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । 

अनेरास्ववियूका महासचिव ऐन महरले शनिवार विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका हुन् । शुक्रवार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए ।


ADVERTISEMENT

टाउकोमा गम्भीर चोट लागेको उनको ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज संकलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए ।

उनका अनुसार ३–४ जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस