×

NMB BANK
NIC ASIA

इमालमै गोविन्द केसीविरुद्ध अनसन, दुई पक्षबीच झडपको खतरा

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इलाम–संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ । 

Muktinath Bank

प्रा डा गोविन्द केसीले आफ्नो १५औं अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थालेका छन् । 
अघिल्ला अनशनमा आफूसँग भएका सहमति संसद्बाट हुबहु पारित हुनुपर्ने अडानका साथ डा केसी अनशन बसेको चार दिन बितिसकेको छ । 
चिकित्सा शिक्षा सुधारसम्बन्धी डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेका छन् । यहाँ अधिकांशले केसीका माग विरुद्धमा अनशन शुरु गरेका विजय थापाका माग जायज भएको दाबी गरिरहेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनशन शुरु गरेपछि सो स्थिति पैदा भएको हो । शुक्रबारबाट अनशनमा रहेका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ । जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सारेका छन् । 


Advertisment
Nabil box
Kumari

डा केसी र थापाले अनशन शुरु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि ¥यालीलगायतका गतिविधि हुन थालेका छन् । डा केसीका समर्थकले थापाको अनशनस्थल नजिकै चोक बजारमा कोणसभा गर्ने गरेका छन् । त्यसले दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x