×

NMB BANK
NIC ASIA

सडकबाट एक हजार सात सय बढीको उद्धार, काठमाडौँबाट ३१६ जनाको उद्धार

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । 

Muktinath Bank

सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी पालनपोषणको काम थाल्दा गाउँमा मुठिदान सङ्कलनका क्रममा दुव्र्यवहारको शिकार भएको अनुभव उद्धारका अभियन्ता रुपा केसीसँग छ । 


Advertisment
Nabil box
Kumari

सडकमा कष्टकर जीवन व्यतित गर्ने सहयोगापेक्षीको उद्धारसँगै पालनपोषण र संरक्षण गरी उनीहरुको परिवार पत्ता लगाएर पुनःस्थापनमा सक्रिय मानवसेवा आश्रमले अहिलेसम्म नेपालका विभिन्न क्षेत्रबाट एक हजार ७३० जनालाई उद्धार गरेको छ । 

Vianet communication
Laxmi Bank

छ वर्षको अन्तरालमा उनीहरुमध्ये मनोविमर्श सेवासहित स्वास्थ्य उपचार गराएर ५५७ जनालाई परिवारमा पुनःमिलन गराएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्तौलाले बताउनुभयो । उहाँका अनुसार अहिले आश्रममा ६५० जना रहेका छन् । रोगले ग्रस्त भएर अन्तिम अवस्थामा उद्धार गरिएकाले १९८ जना अशक्त र वद्धवृद्धाको निधन भएको जनाइएको छ । स्वेच्छाले ३२५ जनाले आश्रम छाडेको वर्तौलाले बताउनुभयो । 

विसं २०८२ सम्ममा खुला आकाशमुनि रात बिताउन विवस सहयोगापेक्षी मानवरहित राष्ट्र निर्माणको अभियानमा लागेको आश्रमले पछिल्ला समयमा स्थानीय तह, प्रहरी र विभिन्न सङ्घसंस्थाको साथ पाएकाले लक्ष्य प्राप्त हुने आशा पलाएको प्रमुख संरक्षक डा गोविन्द टण्डनले बताउनुभयो । 

उहाँले सडकमा यस्ता असहाय करीब सात हजार रहेको अनुमान गर्दै उनीहरुको व्यवस्थापनमा लाग्न सबैलाई अपिल गर्नुभयो । यसका लागि स्थानीय तहले सिफारिश मात्रै नगरी अभिभावकत्व ग्रहण गर्नुपर्ने देखिन्छ । 

विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सकडमा बेवारिसे अवस्थामा रहेका मनोरोगीलाई उद्धार गर्ने अभियान शुरुआत गरिएको थियो । आश्रमले अहिलेसम्म देशका छ प्रदेशका १२ जिल्लामा १४ वटा शाखा खोलेर सहयोगापेक्षीलाई उद्धार गरी संरक्षण दिंँदै आएको छ । काठमाडौँमा भने विसं २०७२ देखि सेवा शुरु गरिएको थियो । 

काठमाडौँमा सेवा थालेपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य प्रभावित भएर उद्धारमा महानगरको सहयोग र सहकार्य हुँदै आएको छ । “राज्यले गर्नुपर्ने दायित्व मानवसेवा आश्रमले गरिहेको छ, यो सेवालाई पैसामा तुलना गर्न सकिँदैन”, प्रमुख शाक्यले भन्नुभयो, “त्यसैले हामीले सम्झौता गरेर सहकार्य गर्न थालेका हौँ ।” अहिले महानगरले उनीहरुको व्यवस्थापनका लागि लाग्ने घरभाडा खर्च बेहोर्दै आएको छ । 

जाडो लागेपछि नेपाल प्रहरीसमेत संलग्न भएर खुला आकाशमुनि सडकमा बस्नेको उद्धारमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुँदै आएको प्रमुख शाक्यले बताउनुभयो । आश्रमको घर निर्माणका लागिसमेत आवश्यक सहयोग गर्ने उहाँले आश्वासन दिनुभएको छ । 

उहाँले सडकमा एकथरी असहाय रहेको र एकथरी आफन्तले ल्याएर छाड्ने अनि पैसा कमाएर फेरी बेलुका लैजाने अवस्था रहेको भन्दै यसको व्यवस्थापन जरुरी रहेको औँल्याउनुभयो । 

काठमाडौँबाट ३१६ जनाको उद्धार 

आश्रमको काठमाडौँ शाखाले मात्रै ३१६ जनाको उद्धार गरेको उल्लेख गर्दै संयोजक वर्तौलाले बाँधेर राखिएकादेखि शताब्दी कटेका वृद्धवृद्धा, हातगोडा कुहिएर किरा परेका, अशक्त, असहाय, मनोरोगी तथा गर्भवतीलाई समेत सडकबाट उद्धार गरिएको बताउनुभयो । 

यस वर्षको जाडोमा मात्रै २७८ जनालाई सडकबाट उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको जनाइएको छ । 

आश्रमले हरेक हप्ता शनिबार र मङ्गलबार सडकमै पुगेर उद्धार अभियान चलाउँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले शुरु गरेको अभियान र प्रहरी परिसर काठमाडौँले शुरु गरेको सडक व्यवस्थापन अभियानमा समेत हातेमालो गरेर अघि बढिरहेको जनाइएको छ । 

प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मानवसेवा आश्रमले अभियानमा ठूलो सहयोग गरेको बताउनुभयो । अभियानकै कारण अहिले पशुपति क्षेत्रमा सहयोगापेक्षी न्यून बन्दै गएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । 

स्वदेश र विदेशमा बस्ने नेपालीले स्वःतफूर्तरुपमा दिएको रकम र जन्मदिन, विवाह वर्षगाँठ तथा पितृकार्यमा लाग्ने खर्चबाट कटाएर दिएको रकमबाट आश्रम चलिरहेकाले साँच्चै सहयोगापेक्षी सडकमुक्त शहर बनाउनका लागि तीनै तहको सरकारले चासो दिनुपर्ने आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारीले बताउनुभयो । 

सडकमानव व्यवस्थापनमा काठमाडौँ महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, गोरखा नगरपालिका, वीरगञ्ज महानगरपालिका र बुटवल उपमहानगरपालिकासँग सहकार्य भइरहेको आश्रमले जनाएको छ । 

प्रदेश नं ३ ले भने सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउन प्रस्ताव पारित गरिसकेको छ । मनोरोग विशेषज्ञ डा कपिलदेव उपाध्यायले यस्ता अशक्त असहायको सहयोगका लागि मनैदेखि आत्मीयता र अरुलाई सहयोग गर्ने भावना आउनुपर्ने भन्दै त्यो भावना आश्रमका स्वयंसेवकमा देखिएको बताउनुभयो । उनीहरु विभिन्न कारणले सडकमा पुग्ने भएकाले मायाँ पाए भने जीवन परिवर्तन हुने उहाँको भनाइ छ । 

अभियानमा साथ दिन अपिल 

मानवसेवा आश्रम काठमाडौँले सहयोगापेक्षी मानवमुक्त सडक बनाउनका लागि सहकार्य गर्न सबैसँग अपिल गरेको छ । 

राजधानीमा आज पत्रकार भेटघाटको आयोजना गरी आश्रमले यस्तो अपिल गरेको हो । सडकमा माग्ने पेशा बनाएका बढी रहेको तर साँच्चै अशक्त, असहाय, मनोरोगी कम रहेको भन्दै आश्रमले यस्ता असहायको संरक्षण गर्न तयार रहेको जनाएको छ । 

नेपाल सरकारले बजेट र स्थानको व्यवस्थापन गर्ने हो भने एक वर्षभित्र खुला आकाशमुनि रात बिताउन विवस सहयोगापेक्षी मानवरहित राष्ट्र निर्माण गर्न आश्रम प्रतिबद्ध रहेको संयोजक सुमन वर्तौलाले बताउनुभयो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x